News

दोहो-याएर उम्मेदवार हुन राजीनामा दिनुपर्ने आचारसंहिता तत्काल लागू नगर्न आदेश (आदेशसहित)

दोहो-याएर उम्मेदवार हुन राजीनामा दिनुपर्ने आचारसंहिता तत्काल लागू नगर्न आदेश (आदेशसहित)

स्थानीय तहको निर्वाचनमा दोहो-याएर उम्मेदवार हुन राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहितामा सर्वोच्च अदालतले रोक लगाएको छ। मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने निर्वाचन आचारसंहिताको प्रावधान तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले निर्वाचन आयोगलगायतका निकायलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दिएका थिए । आइतबार दिएको रिट सोमबार दर्ता भएको थियो। 

रिटमा जनप्रतिनिधिले पदमा वहाल रहेर स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गरिएको थियो।

मंगलबार रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले निर्वाचन आचारसंहिताको सो व्यवस्था १३ चैतसम्म कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । त्यो दिन रिट निवेदक र विपक्षी दुबै पक्षलाई छलफलमा बोलाइएको छ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ को लागि चैत ३ गते आचारसंहिता सार्वजनिक गरेको थियो।

आचारसंहिता

विशेष