News समाज

नेपाल यसरी भयो दक्षिण एशियामा सबैभन्दा खुसी देश !

नेपाल यसरी भयो दक्षिण एशियामा सबैभन्दा खुसी देश !

संयुक्त राष्ट्रसङ्घको दीगो विकाससम्बन्धी अभियान अन्तर्गत प्रकाशित वरल्र्ड ह्यापिनेस रिपोर्टले नेपाललाई दक्षिण एशियाली देशहरूमा सबभन्दा खुसी देशका रुपमा देखाएको छ। गत साता प्रकाशित उक्त रिपोर्टको नेपालीहरुले नै आलोचना गरिरहेका छन् ।

विश्वका १४६ देशहरूको तुलना गरेर प्रकाशित रिपोर्टमा नेपाल ८४औँ स्थान छ भने छिमेकी देश चीन ७२ औं र भारत भारत १३६औँ स्थानमा छन्। बाङ्ग्लादेश ९४औँ, पाकिस्तान १२१औँ र श्रीलङ्का १२७औँ स्थानमा छन्। दक्षिण एशियाली देशमध्ये अफगानिस्तान सबैभन्दा पुछारमा १४६औँ स्थानमा छ। भुटान र माल्दिभ्स उक्त सूचीमा समावेश छैनन्।

संसारभरिको औसतका आधारमा नेपाल खासै खुसी मुलुक होईन, तर दक्षिण एशियामा नेपाल सबैभन्दा खुसी देशमा गणना भएको छ। संसारमै सबभन्दा खुसी मुलुकमा फिनल्यान्ड लगातार पहिलो स्थानमा छ। 

यो रिपोर्ट प्रकाशित भएपछि सामाजिक सञ्चालनमा ब्यंग्य र आलोचना सुरु भएको छ। कतिपयले खुसी नाप्ने यन्त्र के हो ? भनेर पनि प्रश्न गरेका छन् । जानकारी अनुसार हरेक देशका निश्चित संख्याका मानिसहरूसँग कुराकानी गरेको आधारमा यो रिपोर्ट तयार भएको हो ।

रिपोर्ट अनुसार सन् २०२० मा नेपाल ९२ औं र २०१९ मा सयौं स्थानमा थियो। सन् २०१९ मा भुटान र पाकिस्तानपछि नेपाल तेस्रो खुसी हुने मुलुकमा सूचीकृत थियो। कोभिड भाइरस महामारीपछि मनोवैज्ञानिक, सामाजिक, आर्थिक सूचकलाई आधार मानेर १ सय ४९ मुलुकमा अध्ययन गरेको थियो।

कुल गार्हस्थ उत्पादन, सामाजिक सहयोग, व्यक्तिगत स्वतन्त्रता र भ्रष्टाचारको अवस्थालाई अध्ययनका लागि आधार लिइएको थियो। अध्ययनमा सहभागी संयुक्त राष्ट्रसंघका जोन हेलिवेलले मुस्लिम समुदायप्रतिको घृणा, बेरोजगारी र सामाजिक विशृंखलताका कारण केही मुलुक बेखुसी मुलुकको सूचीमा परेका छन्।

विशेष