News अपराध सुरक्षा

‘दबङ’ एसएसपी सिंहलाई कारवाहीको सिफारिस

‘दबङ’ एसएसपी सिंहलाई कारवाहीको सिफारिस

‘डन ठेकेदार’ का नामले चिनिने ‘काठमाण्डौ भ्युटावर’ निर्माणका मुख्य ठेकेदार मनोज भेटवालसँगको अस्वभाविक सम्वन्ध र क्षेत्राधिकार वाहिर गएर क्यान्सर पीडित महिला कर्मचारीलाई हिरासतमा राखेर विवादमा परेका एसएसपी अशोक सिंहलाई कारवाही हुने भएको छ।

एसएसपी सिंह प्रहरी परिसर टेकुको प्रमुख हुँदा जुवाखालमा ‘चोरी भएको’ भनिएको चेकसम्बन्धी प्रकरणमा दोसी देखिएपछि उनलाई कारवाहीको सिफारिस भएको छ । डिआइजी राजेशलाल कर्ण नेतृत्वको समितिले छानविनका क्रममा एसएसपी सिंहको गलत मनसाय देखिएको रिपोर्ट दिएपछि उनी कारवाहीमा तानिन लागेका हुन ।

सिंहलाई कारबाही गर्न सिफारिस गरिएको छानविन प्रतिवेदन प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई सोमबार वुझाईएको छ। काठमाडौं बिजुलीबजार घर भएका राजकुमार बरालले जुवाको खालबाट चोरी भएको चेकको पैसा दिन आफुलाई एसएसपी सिंहले दबाब दिएको भन्दै गृह मन्त्रालयमा निवेदन दिएका थिए ।

असोज २२ गते आरुबारीका सुभाष भेटवाललगायतका ब्यक्ति नयाँ बानेश्वरस्थित एक कार्यालयमा मदिरा पिउँदै जुवा खेलीरहेको अवस्थामा आफनो बैंक अफ काठमाडौं कमलादी शाखाको चेकको ७/८ वटा पाना हराएको थाहा पाएको वरालले जनाएका छन् । उनले त्यसको भोलीपल्ट नै महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर र महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिए। 

बानेश्वरले चेक नभेटिएको जानकारी गरायो भने टेकुले वराललाई वोलायो। जुवा खालमा हराएको भनिएको ७ वटा चेक सुभाष भेटवालले लिएर आए। चेकहरुमा २ करोड २९ लाख रकम भरिएको थियो । भेटवालले ‘बरालले आफुलाई जुवा खेल्दा खाली चेक दिएको र रकम भरेको’ प्रहरीसामु वयान दिए। त्यसपछि वराललाई फर्काईयो। अर्कोदिन वराललाई टेकुमा बोलाएर एसएसपी सिंहले दबङ शैलिमा हप्काए। अश्लिल गाली गलौज र धम्की दिँदै तुरुन्त पैसा तिर्न आदेश दिए ।

पैसा नतिरे तँलाई कुनै केसमा फसाई दिन्छु भन्दै धम्की दिएको र आफु सरुवा हुँदा उनले पुस २ गते उक्त चेक सुभाष भेटवाललाई फिर्ता दिएको वरालले वताएका छन् । उक्त कुरा पुस ६ गते चेक बाउन्स भएपछि आफुले जानकारी पाएको वरालको भनाई छ। सोही विषयमा बरालले सिंह विरुद्ध निवेदन दिएका थिएका  थिए।

सिंहलाई दोस्रो कारवाही
एसपी सिंह कारवाहीमा पर्न लागेको यो दोस्रो घट्ना हो। उनी धादिङमामा डिएसपी हुँदा पनि कारवाहीमा परेका थिए । पैसा खाएर करणी मुद्दा मिलाएको आरोपमा स्थानीय महिला अधिकारकर्मीले अवाज उठाएपछि सिंहलाई प्रहरी संगठनले कारबाही गरेको थियो । यस पटकको कारवाही उनको करियरको दोश्रो कारवाही हुने जनाईएको छ।

वढुवाको लाईन मिलाउन क्यान्सर पीडित महिला कर्मचारीलाई यातना
विशेषगरी पैसा र पावरको लागि सिंह जुनसुकै हदसम्म जान सक्ने प्रहरी अधिकारीका रुपमा चिनिन्छन्। उनले आफुलाई प्रधानमन्त्री शेर बहादुर देउवाको नजिकको मान्छे भनेर चिनाउने गरेका छन् । ५ मंसिर २०७७ मा काठमाण्डौ प्रहरी परिसरमा सरुवा भएका सिंहले त्यहाँबाट पटक–पटक सुरुवा हुँदा पनि पैसा र पावर लगाएर सरुवा वदर गराएर वसे। तर, अन्तिम समयमा वालुवाटारले पनि हात झिकेपछि उनी गत मंसिर अन्तिम साता रवाना वुझेर हिडेका थिए । 

एसएसपी सिंह माथि काठमाण्डौं भ्यूटावरका मुख्य ठेकेदार मनोज भेट्वालसँग अनुचित फाईदा लिएको र वढुवाको लाईन मिलाउन प्रहरी संगठनको आचारण विपरित काम गरेको आरोप लाग्दै आएको छ। उनले प्रोफाईल वनाउने नाममा सर्वसाधारणलाई जथाभावी पक्राउ गर्ने र राजनीतिक दवाव र आर्थिक प्रलोभनमा अपराधिको संरक्षण गर्ने गरेको प्रहरी संगठनमै चर्चा हुने गरेको छ। 

आफनो वढुवाको लाईन मिलाउन क्यान्सर पीडित महिला कर्मचारीलाई समेत ज्यानमारा सरह हिरासतमा राखी दुःख दिएको विषयमा पनि आलोचित छन्। ज्येष्ठ नागरिकलाई दुःख दिएको विषयमा विरलै पर्ने उजुरीलाई भ-याङ वनाएर उनले २४ चैत ०७७ मा नेपाल राष्ट्र वैंककी निर्देशक सुष्मा रिजाललाई पक्राउ गरेका थिए । कानुनको गलत ब्याख्या गरेर सुस्मालाई हिरासतमा राखेका उनले राजनीति र संगठनात्मक पहुँचका आधारमा सुस्मालाई दुःख दिएका थिए। किमो दिन समेत अवरोध गरी उनले चरम अमानविय ब्यवहार देखाएका थिए। छोरावुहारीको उक्साहट र दवावमा उनकै ८४ वर्षकी आमा शोभा रिजालले दिएको जाहेरीका आधारमा सुष्मा पक्राउ परेकी थिईन ।

काठमाडौँ भ्यूटावरमा काम गर्ने भारतीय पेटी ठेकेदारलाई ज्यान मार्ने धम्की दिएको, उनको सामान कब्जा गरेको र काम गरे वापतको भुक्तानी नदिएको बिषयमा रिपोर्टिङ्ग गर्न गएको ‘नेपाल आज’को टीमलाई दुर्ब्यवहार गरेका थिए। भेटवालले पत्रकारलाई दुब्र्यवहार गरेको र सञ्चार सामग्री तोडफोड गरेको विषयमा दिएको निवेदन समेत सिंहले वेपत्ता वनाएर संचार विरोधी काम गरेका थिए ।

यतिमात्रै होईन, धम्क्याउँदा र थर्काउँदा दुई/चार पैसा झर्ने ठाउँमा उनले आफनो पदको दुरुपयोग गर्न कुनै कसर वाँकी राखेनन् । सुन पसल व्यवसायी पवन विकलाई यौनकर्मीसँग डिल गरेको आरोप लगाउँदै पक्राउ गरेको घट्ना होस वा भक्तपुरको सूर्यविनायक बस्ने राजकुमार श्रेष्ठलाई लकडाउन उलंघन गरेको विषयमा पक्राउ गरेको विषय किन नहोस हरेक घट्नामा एसएसपी सिंह आलोचित भएका थिए। 

यो पनि

अशोक सिंह

विशेष