News विदेश

डकुमेन्ट बिना टर्की पुगेका अफगानी आप्रवासीहरुलाई प्रहरीको त्रास

डकुमेन्ट बिना टर्की पुगेका अफगानी आप्रवासीहरुलाई प्रहरीको त्रास

 

इस्तानबुल । अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि लाखौं अफगानीहरुले मुलुक छोडेर विश्‍वभरका विभिन्‍न देशहरुमा पुगेका छन्। ज्यान जोगाउन भागेका उनीहरुसँग कुनै पनि डकुमेन्टहरु छैनन्। अहिले त्यहाँको प्रशासनले सोधखोज गर्ने गरेका छन्। 
यस्तै डकुमेन्टबिना टर्की पुगेका अफगानी शरणार्थीहरु टर्की प्रहरीको त्रासमा बाँच्‍न भएका छन्। जसमध्ये अधिकांशलाई दलालहरुले टर्की पुर्‍याएका छन्। तर, उनीहरुलाई कुनै पनि भिसा अथवा कागजातहरु उपलब्ध गराइएको छैन।


शरणार्थीहरूले आफूहरू टर्की पुर्‍याइदिने र सबै कागजात मिलाउने लोभमा लैजान मानव तस्करहरूलाई ठूलो रकम तिरेको बताएका छन्।, तर अहिले उनीहरू टर्की सेनाको नियन्त्रणमा पर्ने डरका कारण गोप्य रूपमा बसिरहेका छन्। 
टर्कीका सुरक्षा निकायले उनीहरुलाई फेला पारेको अवस्थाम उनीहरूलाई अफगानिस्तान फिर्ता पठाइनेछ। टर्की पुगेका एक शरणार्थीले भने, 'सबै कागजात मिलाउने र टर्की पुर्‍याइदिने भन्दै एक घण्टा लामो बाटोमा दुई दिनसम्म खाली पेटमा हिडाइयो। अहिले हामीलाई कागजात पनि दिइएको छैन। टर्की प्रहरीले समात्छ कि भन्‍ने डरमा बसिरहेका छौं।'
उनीहरुलाई इरान हुँदै टर्की पुर्‍याइएको थियो। टर्कीका एक अफगान शरणार्थी नदीमले भने, 'यो एक कठिन बाटो थियो। हामी इरान आयौं र त्यहाँबाट टर्की पुग्यौं, बाटोमा कुटपिट भयो। हामीले पहिले अनुभव गरेका समस्याहरू देखेका छौं।' 


अब्दुल जलील अफगान शरणार्थी हुन्, जो पाँच महिनाअघि इरान हुँदै टर्की पुगेका थिए। उनी टर्की प्रहरीले हिरासतमा लिने डरले गोप्य ठाउँमा बस्छन्।

 'जीवन यहाँ गाह्रो छ। पुलिसले समात्छ कि भन्ने डरले हामी घुम्न जान सक्दैनौं,’ उनले भने। 


टर्कीमा रहेका धेरै अफगान शरणार्थीहरूले शरणको लागि अपील गर्न सक्ने युरोपेली राज्यहरूमा पुग्ने प्रयास गरिरहेका छन्।

 टोलो न्यूजका रिपोर्टर तमिम शाहीरले युरोप पुग्ने प्रयासमा असफल भएका अफगान शरणार्थीहरूको अन्तर्वार्ता लिएका थिए। 'यहाँ सबै खतरा छ। यदि पुलिसले हामीलाई समात्यो भने, तिनीहरूले हामीलाई कुट्छन्, तिनीहरूले मानिसहरूको खुट्टा भाँच्छन् र कहिलेकाहीं मानिसहरूको लुगा फुकाल्छन् र तिनीहरूलाई नग्‍न फिर्ता पठाउँछन्,' नकिबुल्लाह, एक अफगान शरणार्थीले भने, 'म दोस्रो पटक सीमा पार गर्न गएँ तर मलाई एक पटक ग्रीसबाट र दोस्रो पटक बुल्गेरियाबाट फर्काइदियो।'

विशेष