News

बजरंगवली मुख्यमन्त्री योगीले चुनाब अगाडि नेपाल बारे यसो भने 

बजरंगवली मुख्यमन्त्री योगीले चुनाब अगाडि नेपाल बारे यसो भने 

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले कतिपय अपराधिहरु सरण लिन नेपाल पस्ने गरेको खुलासा गरेका छन्। उनले ब्यंग्यात्मक रुपमा भनेपनि त्यो कुरामा सत्यता रहेको कतिपयको वुझाई छ।

भारतको इण्डिया टिभीमा प्रशारण हुने ‘आपकी अदालत’ नामको कार्यक्रममा केही समय अघि अतिथिको रुपमा पुगेका उनले कतिपय अपराधी नेपाल भाग्ने तयारीमा रहेको भन्दै ब्यंग्यात्मक टिप्पणी गरेका थिए ।

कार्यक्रम प्रश्तोताले आदित्यनाथलाई ‘उत्तर प्रदेशका जनताले वाहुवली होईन, वजरंगवली’ भन्ने गरेको वताएपछि उनले उत्तर प्रदेशमा अव माफियावाद र पेशेवर अपराधीको दिन सकिएको भन्दै १० मार्चपछि युपीमा अपराधी नदेखिने वताएका थिए। उनले छुटभैया नेपाल भाग्ने तयारीमा रहेको पनि वताएका थिए । मुस्लिम गैरसरकारी संस्थाहरुलाई लक्षित गरेर उनले यसो भनेको कतिपयको अनुमान छ। उनले ईस्लामिक एनजीओलाई लगाम लगाएको बताईन्छ। उनि हिन्दुबादी नेता हुन। 

आदित्यनाथले दोस्रो कार्यकालका लागि उत्तर प्रदेशको  मुख्यमन्त्री पदको सपथ लिएका छन्। नेपाली मुलका योगी आदित्यनाथले नेपाललाई माया गर्छन। उनले नेपाल–भारत सम्बन्ध, सीमावर्ती सम्बन्ध, धार्मिक, सांस्कृतिक सम्बन्धबारे प्राय चर्चा गर्ने गरेका छन् उनलाई भारतको भाबी प्रधान्मन्त्रीका रुपमा पनि हेरिन्छ।
 
को हुन योगी आदित्यनाथ ?
विश्वभरिका नाथ सम्प्रदायको आराध्यस्थल मानिने भारत गोरखपुरको गोरखनाथ मन्दिरका महन्त हुन योगी आदित्यनाथ। उनी दोहोर्याएर उत्तरप्रदेशका मुख्यमन्त्री बनेका छन् । उत्तराखण्डको गढवालका स्थायी बासिन्दा आदित्यनाथको जन्म ५ जून, १९७२ मा भएको हो ।

उनी गोरखपुरबाट सांसद छन् । १९९८ मा २६ वर्षको छँदा भाजपाका तर्फबाट पहिलो पटक सबैभन्दा कान्छा सांसद बनेका आदित्यनाथको उमेर अहिले ५० वर्ष छ । उनी लगातार पाँच पटकसम्म लोकसभामा चुनिँदै आएका छन् । उनको मूल नाम अजय सिंह विष्ट हो । कतै कतै उनको नाम अजय सिंह नेगी पनि उल्लेख भएको देखिन्छ ।

नाथ सम्प्रदायमा दीक्षित भैसकेपछि उनको नाम आदित्यनाथ भएको हो । हेमवती नन्दन बहुगुणा विश्वविद्यालय गढवालबाट बीएस्सी उत्तीर्ण गरेका उनी गोरखनाथ मन्दिरका पूर्व महन्त अवैद्यनाथका उत्तराधिकारी हुन् । अवैद्यनाथ भारतीय जनता पार्टीबाट सन् १९९१ र १९९६ मा लोकसभा सदस्य भएका थिए ।

योगी आदित्यनाथ सन् २००२ मा स्थापित हिन्दु युवा वाहिनीका संस्थापक समेत हुन् । यो सङ्गठन हिन्दु युवाहरूको सामाजिक, सांस्कृतिक र राष्ट्रवादी समूह हो । 

योगी आदित्यनाथ

विशेष