News

हिन्दुहरुको मान मर्दनः मन्दिर भत्काएर चर्च शिलान्यास गर्दै जनार्दन

हिन्दुहरुको मान मर्दनः मन्दिर भत्काएर चर्च शिलान्यास गर्दै जनार्दन

जनयुद्धकालमा धर्मलाई अफिम भन्दै मन्दिर तोडफोड गर्दै हिडेका माओवादीका नेता कार्यकर्ता अहिले चर्च सिलान्यास र उद्घाटन गर्दै हिड्न थालेका छन् । नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्माले गृहजिल्ला रुकुम पश्चिम पुगेर मुसिकोटस्थित एउटा चर्च भवनको शिलान्यास गरेपछि उनी चर्चामा छन् ।

जनयुद्धको समयमा तत्कालिन माओवादीले देशभरका धेरै हिन्दु मन्दिरहरु तोडफोड गरेको थियो। हाल शेरबहादुर देउवा सरकारमा अर्थमन्त्री रहेका जनार्दन शर्मा तत्कालिन माओवादी सेनाको कण्माण्डर नै थिए।

सोमबार मन्त्री शर्माले मुसिकोट नगरपालिका–१ मूलखोलामा ‘मुसिकोट एजी चर्च’ भवनको शिलान्यास गरेका हुन। नेपाल ख्रिष्टियन समाजका केन्द्रीय सचिव तथा मुसिकोट एजी चर्चका संस्थापक मुकुन्द शर्माले कर्णाली प्रदेश सरकारको सहयोगमा सो भवन निर्माण गर्न लागिएको बताएका छन।

त्यसका लागि प्रदेश सरकारले ३० लाख जति सहयोग गर्ने छ। निर्माण शुरु गरिएको चर्च भवनको लागत अनुमान तीन करोड रुपैयाँ रहेको छ। बाँकी बजेटको निम्ति अर्थमन्त्री शर्माले अन्य मन्त्रालयमा पहल गरिदिने वचन समेत दिएको शर्माले जानकारी दिएका छन्।

चर्चका संस्थापक शर्माले आवश्यक बजेट व्यवस्थापनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आफूले पनि अनुरोध गरिरहेको जनाए। मुसिकोट नगरपालिकामार्फत् कार्यान्वयन हुने उक्त भवन निर्माणको जिम्मा उपभोक्ता समितिलाई दिइएको छ ।

निर्माण समितिका अध्यक्ष भीमबहादुर बोहोराले मंगलबारदेखि भवन निर्माणको काम तीब्र गतिमा भएको उल्लेख गरे। यस पटकको बजेटबाट भवनको निम्ति टाईबिम र पिलरहरु बैशाख मसान्तभित्र निर्माण हुने उनको भनाई छ। 
 

विशेष