News

आयुक्तहरुको नाम वेचेर निर्वाचनमा नेपाल वाचको दादागिरी !

आयुक्तहरुको नाम वेचेर निर्वाचनमा नेपाल वाचको दादागिरी !

निर्वाचन आयोगलाई निसानामा राखेको पाईएको छ। स्थानीय तह निर्वाचन नजिकिएसँगै आयोगमा नेपाल वाचको सकृयता पनि वढेको छ।

समाचारमा बार्गेनिङ्ग गरेको आरोप खेप्दै आएको नेपाल वाच डटकमले पछिल्लो समय निर्वाचन आयोगलाई निसानामा राखेको पाईएको छ। स्थानीय तह निर्वाचन नजिकिएसँगै आयोगमा नेपाल वाचको सकृयता पनि वढेको छ।

नेपाल वाच मल्टिमिडिया प्रालिका अध्यक्ष पुष्प ढुङ्गाना आयोगमा सेटिङ्ग मिलाउन आफै कृयासिल छन् । उनले नेपाल वाचमा आयोगका पदाधिकारीहरुको लगानी रहेको प्रचार गर्दै कर्मचारीहरुसँग विज्ञापन तथा रकमको वार्गेनिङ्ग गर्ने गरेको स्रोतको दावी छ।

आयोगका पदाधिकारीहरुसँग ढुङ्गानासँगको नियमित उठवसका कारण कर्मचारीहरु पनि उनको कुरा काट्न डराउने गरेका छन् । आयोगका पदाधिकारीहरुको नेपाल वाचमा लगानी भएको प्रचार गर्नु, अध्यक्ष ढुङ्गानासँग उनीहरुको राम्रो सम्वन्ध देखिनु र पदाधिकारीहरुले ढुङ्गानाको दावीप्रति प्रतिक्रिया नजनाउनुले कर्मचारीहरु नतमस्तक छन् ।

ढुङ्गानाको यही वठ्याईले अहिले आयोगका विज्ञापन देखि कतिपय अवस्थामा रकम समेत नेपाल वाचले हात पारिरहेको कतिपय कर्मचारीहरु वताउँछन्। आयुक्तहरुकै लगानीको हल्ला फैलाएर विज्ञापन छाप्ने र पछि दवावमा पैसा असुल गर्ने रणनीति लिएको हुन सक्ने उनीहरुको भनाई छ।

यस विषयमा आयोगका पदाधिकारीहरुले भने मुख खोलेका छैनन्। एक आयुक्तले भने हालसम्म कुनै पनि मिडियामा विज्ञापन नदिएको दावी गर्दै कर्मचारी मार्फत कसैले छपाएको हुन सक्ने वताए ।
 

यो पनि, 

विशेष