पल शाहकै प्रकृतिको अर्को बलात्कार घट्ना वाहिरियो, कोईरी पक्राउ
![पल शाहकै प्रकृतिको अर्को बलात्कार घट्ना वाहिरियो, कोईरी पक्राउ](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/03/koiri.jpg)
विवाह गर्ने प्रलोभन देखाएर नाबालिकालाई वलात्कार गरेको आरोपमा नायक पल शाह प्रक्राउ परेको घट्ना सेलाउन नपाउँदै फेरी सोही प्रकृतिको अर्को घट्ना भएको छ।
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा वीरगञ्जबाट एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका–९ विश्रामपुरका ३५ वर्षीय सन्देश महतो कोइरी छन्।
वीरगञ्ज महानगरपालिका–१५ भीष्वा बस्दै आएका कोइरीलाई प्रहरीले सोमबार पक्राउ गरी जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको हो। एसपी रमेशकुमार बस्नेतका अनुसार ती बालिकालाई कोइरीले आफ्नो डेरामा लैजाँदै करणी गरेको खुलेको छ।
कोईरीले बालिकालाई विवाह गर्ने प्रलोभनमा पारेर नयाँ–नयाँ ठाउँमा घुमाउने भन्दै कोठामा लगेर जबरजस्ती करणी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। उनले पछिल्लो पटक चैत ६ गते राति १० बजे कोठामा लगेर पुनः करणी गरेको भन्दै अभिभावकले जाहेरी दिएका थिए।