News

संबैधानिक आयोगका नियुक्ति विरुद्धका मुद्दामा आज सुनुवाई हुदै

संबैधानिक आयोगका नियुक्ति विरुद्धका मुद्दामा आज सुनुवाई हुदै

संबैधानिक आयोगहरुमा गैरकानूनी ढंगले गरिएका नियुक्तिहरु बदर गर्न माग गर्दै दर्ता भएको मुद्दामा आज संवैधानिक इजलासमा सुनुवाई हुदैछ।

सर्वोच्चले संवैधानिक इजलासको सुनुवाइ अवरुद्ध गर्ने आफ्नै एकल इजलासको अन्तरिम आदेशविरुद्ध परेको निवेदनमाथि पनि सुनुवाइ गर्नेछ । अधिवक्ता डा. गणेश रेग्मीले दर्ता गरेको रिट निवेदनमा १७ भदौ २०७८ मा जारी भएको अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धमा परेका मुद्दा अघि बढ्न सकेका छैनन् । 

एकल इजलासले जारी गरेको अन्तरिम आदेश कायम रहेकाले सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिबक्ता ओमप्रकाश अर्याल, समृत खरेलल लगायतले दर्ता गरेका ११ वटा निवेदनमाथिको सुनुवाईको पालो आएको छैन।

संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड़का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन्।

गत शुक्रबार संवैधानिक इजलासबाट आजका लागि पेशी तोक्ने आदेश भएको थियो । संवैधानिक इजलासले दुवै पक्षलाई एक/एक घण्टा समय दिएको छ । अपुग भए दुवै पक्षले आधा/आधा घण्टाको थप समय पाउनेछन्।

केपी शर्मा ओली प्रधानमन्त्री भएका बेलामा संवैधानिक परिषदबाट संवैधानिक पदाधिकारी नियुक्तिको प्रयास गरेका थिए। तत्कालिन नेकपाको झगडाका कारण सभामुख अग्निप्रसाद सापकोटा र विपक्षी दलका नेता शेरवहादुर देउवा वैठकमा अनुपस्थित भए। त्यसपछि ओलीले अध्यादेश मार्फत परिषदका ६ जना सदस्य मध्ये तीन जना पदाधिकारीले समेत नियक्तिको सिफारिस गर्न सक्ने ब्यवस्था थपे र दुई चरणमा ५२ जना नियक्त गराए। त्यही नियुक्ति विरुद्धका निवेदनहरु सर्वोच्च अदालतमा विचाराधिन छन्।

यो पनि

विशेष