News

उम्मेदवार बन्न एमालेका ६ मापदण्ड, कार्यक्रममा वक्ता घटाउन निर्देशन

उम्मेदवार बन्न एमालेका ६ मापदण्ड, कार्यक्रममा वक्ता घटाउन निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा बक्ताको संख्या कम गर्न निर्देशन दिएका छन्। उनले हरेक कार्यक्रममा अधिकतम ५ जनालाई मात्र मञ्चमा राख्न र वक्ता बनाउन निर्देशन दिएका छन् ।

बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकको समापनका क्रममा ओलीले सार्वजनिक कार्यक्रमको व्यवस्थापनमा ध्यान दिन निर्देशन दिदै खादामाला पनि कम गर्न निर्देशन दिए। 

उम्मेदवार बन्ने ६ मापदण्ड पारित
एमालेले आगामी स्थानीय तह निर्वाचनमा पार्टीलाई पहिलो शक्तिका रुपमा स्थापित गर्ने लक्ष्य लिएको छ । बिहीबार सम्पन्न बैठकले ओलीले एउटै लयका साथ जनताको घर दैलोमा जान निर्देशन दिएका छन् । विचार, दृष्टिकोण र संगठनका हिसावले एमालेसँग प्रतिस्पर्धा गर्न सक्ने राजनीतिक दलहरु नभएको उनले वताए । 

बैठकले स्थानीय तह निर्वाचन उम्मेदवारको मापदण्डबारे निर्णय गरेको छ । वडाध्यक्षको हकमा वडा कमिटीको सिफारिस, गाउँपालिकाको सिफारिससहित जिल्ला कमिटीको निर्णय गाउँ/नगरका प्रमुख उपप्रमुखको गाउँ र नगर तथा जिल्लाको सिफारिसमा प्रदेशको निर्णय, महानगर र उपमहानगरको उम्मेदवारको हकमा जिल्ला र प्रदेशको सिफारिसमा केन्द्रले निर्णय गर्ने भएको छ ।

एमालेले उम्मेदवार बन्न ६ वटा मापदण्ड पारित गरेको छ । जसमा पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिवद्धता, निर्वाचित जनप्रतिनिधिको मुल्यांकन, लोकप्रियता र विजयको सुनिश्चितता, योगदान र पार्टीप्रतिको निष्ठा तथा कार्यक्षमता, सुशासनप्रतिको दृष्टिकोण र सन्तुलन तथा समावेशीतालाई आधार बनाएको छ । 

वैठकले स्थानीय निर्वाचन घोषणापत्र तयारीका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा घोषणापत्र मस्यौदा कार्यदल गठन गरेको छ । एमालेले बैशाख ९ गते निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने छ।
 

विशेष