आफै विरुद्ध वयान दिएपछि यसरी फसे पल शाह
![आफै विरुद्ध वयान दिएपछि यसरी फसे पल शाह](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/03/pal-e679d.jpg)
नेपाली चलचित्रका नायक तथा मोडल पुर्ण विक्रम शाह (पल शाह) बालिका बलात्कारको अभियोगमा प्रहरी हिरासतमा छन् । तनहुँ जिल्ला अदालतमा उनी विरुद्धको थुनछेक बहस चलिरहेको छ। सोही क्रममा वादी पक्षका एक कानुन व्यवसायीले शाहलाई खुंखार अपराधिको रुपमा प्रस्तुत गर्दै उनलाई खुल्ला छोडे अन्य वालिकालाई वचाउन गाह्रो हुने दावी गरेका छन्।
बन्द इजलासमा भएको थुनछेक बहसका क्रममा ती कानुन ब्यवसयाीले शाहलाई थुनामुक्त गरे अन्य बालिका पनि जोखिममा पर्न सक्ने भन्दै थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने बताए। प्रतिवादी बियर लिएर बालिका सुतेको कोठामा जानुले अपराधिक मनसाय देखिएको र मध्यरातमा बालिका सुतेको कोठामा गएर करणी गरेको विषय बालिकाको बयानमा उल्लेख हुनुले दुवै आपराधिक कार्य भएको ति कानुन ब्यवसायीले दाबी गरेका छन् ।
उनले पीडितको शरीर नै घटनास्थल हुने, बलात्कार भीडभाडमा नहुने र लुकिछिपी हुने भएकाले पीडितको भनाई नै महत्वपूर्ण प्रमाण हुने भएकाले अभियोग पुष्टि हुने जिकिर गरे। बलात्कारजन्य अपराधमा परिस्थितिजन्य प्रमाण नै सबैभन्दा ठूलो र महत्वपूर्ण प्रमाण हुने किरण बिकविरुद्ध नेपाल सरकार वादी भएको मुद्दामा सर्वोच्च अदालतको नजिर प्रस्तुत गर्दै परिस्थितिजन्य प्रमाणले वारदात पुष्टि हुने ती कानुन व्यवसायीको भनाई छ।
आफै विरुद्ध वयान
प्रतिवादी आफैले दिएको बयान, प्रतिवादीका म्यानेजर तथा मुद्दामा मतियार बनाइएका व्यक्तिले दिएका बयान आदिले अभियोग दावी पुष्टी हुने भन्दै अपराधसँग जोडिएको व्यक्तिलाई बाहिर छाड्दा समाज आतंकित हुने उनको दलिल थियो ।
शाहले अधिकारप्राप्त अधिकारीसमक्ष दिएको वयान पनि कटिपय उनकै विरुद्धमा देखिएको छ । शाहले फागुन १८ गते दिएको बयानमा गर्लफ्रेण्ड र ब्वाईफ्रेण्डबीच शारीरिक सम्बन्ध हुनु सामान्य कुरा हो भनेर बोलेको आवाज आफ्नै भएको भन्दै सनाखत गरेका छन्।
यसैगरी शाहले उमेर पुगेपछि विवाह गर्ने भनी परिवारका सदस्यसँगै छलफल र सहमति गरेको कुरा पनि स्वीकार गरेका छन् । तनहुँको दुलेगौँडास्थित प्रदीप थापाको घरमा रहेको समयमा आफूले मदिरा पिएको, मदिराकै तालमा पीडितलाई म्यासेज गरेको र आउँछु भनेको तथा पीडित रहेको कोठामा गएको, आफूले खाँदै गरेको बियर लगेर पीडितलाई समेत खुवाएको कुरा स्वीकार गरेका छन् । तर, जबरजस्ती करणी गरेको कुरा भने उनले अस्वीकार गरेका छन् ।
पीडितले ०७८ जेठ अन्तिमतिर फोन गरी ‘तपाईं र मेरो सम्बन्ध अरूले थाहा पाए, मलाई गाह्रो भयो, मेरो महिनावारी रोकियो, तपाईंले मलाई स्वीकार्नु पर्छ’ भनेर म्यासेज पठाएको पनि उनले स्वीकारे छन् । त्यो म्यासेजपछि ०७८ साल असारमा पीडित, पीडितकी आमा, दुर्गेश थापा, सरोज ओली, योगेश काजी, कृष्ण जोशी लगायतका मानिसहरूसँग छलफल भई उमेर पुगेपछि विवाह गर्ने कुरामा सहमत भएको पनि शाहले स्वीकार गरेका छन् ।
पीडितका तर्फबाट पेस गरिएको अडियोमा ‘गर्भवती भएमात्रै स्वीकार गर्ने हो नत्र किन स्वीकार गर्ने ?’ भनेको शब्दसमेत आफ्नै रहेको शाहले स्विकार गरेका छन् । शाहका यी वयान अहिले उनकै विरुद्धमा प्रयोग भईरहेका छन् ।
यो पनि
पल शाह
- बलात्कार आरोपी पल शाह धरौटीमा रिहा हुने यस्तो छ सम्भावना
- पल शाहकै प्रकृतिको अर्को बलात्कार घट्ना वाहिरियो, कोईरी पक्राउ
- पल शाह विरूद्धको अनुसन्धान सकियो, १२ देखि १४ वर्ष हुन सक्छ जेल
- पल शाहविरुद्ध अदालतमा दर्ता भएको मुद्दामा के छ ?
- पल शाहलाई प्रहरीले तनहुँबाट किन लग्यो गैडाकोट ?
- पल शाह प्रकरणः होला त कानुन र समाज दुवै जोगाउने अनुसन्धान ?
- पल शाह प्रकरणः प्रहरीले भेटायो गायिकाको कन्याजाली च्यात्तिएको प्रमाण
- नेकपा (समाजवादी)का केन्द्रीय सदस्य बलात्कार आरोपीको पक्षमा
- पल शाहलाई ७ दिन हिरासतमा राख्न अदालतले दियो अनुमती
- पल शाह भन्छन्ः ‘स्क्यान्डल किङ्ग’ थापाले षड्यन्त्र गरेर फसाए
- गाडीमा समेत संवेदनशिल अंग चलाउने गर्थे पल शाह
- कलाकार पल शाह विरुद्ध जवरजस्ती करणीको मुद्दा