पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ अदालतको आदेश (आदेशसहित)
नाबालिका बलात्कार गरेको आरोप लागेका नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन बिहीबार जिल्ला अदालत, तनहुँले आदेश दिएको छ । न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिए हो।
पीडितले दिएको घटना विवरण कागज, पीडितको शारीरिक जाँच परीक्षण रिपोर्ट, घटना भएको दिन गत वैशाख १४ गते राति १२ बजेतिर पीडितको कोठामा प्रवेश गरेको हुँ भनी पल शाहले दिएको वयानलगायतलाई आधार मान्दा शाहले पीडितलाई जबर्जस्ती करणी गरेको देखिन आएको अदालतले उल्लेख गरेको छ ।
‘तत्काल प्राप्त प्रमाणका आधारमा विश्लेषण गर्दा प्रतिवादी पल शाह भन्ने पूर्णबिक्रम शाहले वर्ष १५ कि परिवर्तित नाम ०७८÷०७९ ब्यास–१२ लाई ललाई फकाई विवाह गर्छु भनी प्रलोभन देखाई जबर्जस्ती करणी गरेको देखिन आएकाले पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई निज प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ को उपदफा (१) को खण्ड (ख) बमोजिम थुनामा राखी पुर्पक्ष गर्ने गरी रीतपूर्वक थुनुवा पूर्जी दिई कारागार कार्यालय, दमौली तनहुँमा पठाइदिनू’ आदेशमा भनिएको छ ।
पल शाहले जबर्जस्ती करणी गरेको पूर्णतः अस्वीकार गरे पनि उनले गरेको वयान अनुसार घटना भएको दिन राति १२ बजेतिर पीडितको कोठामा प्रवेश गरेको स्वीकार गरेकाले जबर्जस्ती करणी गरेको तथ्यसँग मिलेको अदालतले जनाएको छ।
यो पनि
- आफै विरुद्ध वयान दिएपछि यसरी फसे पल शाह
- बलात्कार आरोपी पल शाह धरौटीमा रिहा हुने यस्तो छ सम्भावना
- पल शाहकै प्रकृतिको अर्को बलात्कार घट्ना वाहिरियो, कोईरी पक्राउ
- पल शाह विरूद्धको अनुसन्धान सकियो, १२ देखि १४ वर्ष हुन सक्छ जेल
- पल शाहविरुद्ध अदालतमा दर्ता भएको मुद्दामा के छ ?
- पल शाहलाई प्रहरीले तनहुँबाट किन लग्यो गैडाकोट ?
- पल शाह प्रकरणः होला त कानुन र समाज दुवै जोगाउने अनुसन्धान ?
- पल शाह प्रकरणः प्रहरीले भेटायो गायिकाको कन्याजाली च्यात्तिएको प्रमाण
- नेकपा (समाजवादी)का केन्द्रीय सदस्य बलात्कार आरोपीको पक्षमा
- पल शाहलाई ७ दिन हिरासतमा राख्न अदालतले दियो अनुमती
- पल शाह भन्छन्ः ‘स्क्यान्डल किङ्ग’ थापाले षड्यन्त्र गरेर फसाए
- गाडीमा समेत संवेदनशिल अंग चलाउने गर्थे पल शाह
- कलाकार पल शाह विरुद्ध जवरजस्ती करणीको मुद्दा
पलले बयानमा घटना भएको दिन राति १२ बजेतिर पीडितलाई म्यासेज गरी साथीहरुसँग खाई बाँकी रहेको वियर लिएर पीडितको कोठामा प्रवेश गरेको तथ्यलाई स्वीकार गरेको आदेशमा उल्लेख छ ।
शाहविरुद्ध १६ वर्षकी किशोरीलाई प्रलोभनमा पारेर जबर्जस्ती करणी गरेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय तनहुँले अदालतमा अभियोग पत्र दर्ता गरेको थियो । बुधबार र बिहीबार भएको थुनछेक बहसपछि शाहलाई थुनामा पठाउने आदेश भएको हो । पीडितले आफूमाथि पटकपटक करणी भएको बताएपछि उनका बाबुले पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा ११ फागुनमा किटानी जाहेरी दिएका थिए ।
जाहेरी परेपछि केही दिन फरार भएका शाहले १५ फागुनमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । अनुसन्धान जारी रहँदा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, नवलपुरमा पनि सोही विषयमा जाहेरी परेको थियो ।