News अपराध सुरक्षा

विवाह भनेको बर्बर जनावरलाई खुला छोड्ने लाइसेन्स होईन र पुरूषलाई विशेष अधिकार छैन

विवाह भनेको बर्बर जनावरलाई खुला छोड्ने लाइसेन्स होईन र पुरूषलाई विशेष अधिकार छैन

भारतको कर्नाटक उच्च अदालतले विवाह भनेको बर्बर जनावरलाई खुला छोड्ने लाइसेन्स नभएको जिकिर गरेको छ। उच्च अदालतले श्रीमतीमाथि जबरजस्ती यौन हमला चाहे उसको श्रीमानले नै गरे पनि त्यो बलात्कार नै हुने र पुरूष सजायको भागिदार हुने आदेशमा उल्लेख छ।

टाइम्स अफ इन्डियाका अनुसार बुधवार न्यायाधीश एम नागाप्रशन्नको एकल इजलासले वैवाहिक बलात्कारको मुद्दामा फैसला गर्दै आफ्नै श्रीमती भए पनि महिलाको मन्जुरीबिना शारिरीक सम्बन्ध राख्नु बलात्कार हुने बताएको हो।

अदालतले श्रीमतीको इच्छाविपरीत शारिरीक सम्बन्ध राख्ने अधिकार श्रीमानलाई नभएको आदेश दिएको छ।  मुद्दाको सुनुवाइपछिको आदेशमा न्यायाधीश नागाप्रशन्नले भनेका छन– विवाह संस्थाले पुरूषलाई विशेष अधिकार दिँदैन, दिन सक्दैन। मेरो विचार विवाह कुनै बर्बर जनावरलाई खुला छोड्ने लाइसेन्स हो भन्ने ठान्नु हुँदैन।

‘एउटा पतिले आफ्नी पत्नीमाथि गरिने यस्तो बलात्कारले उसको अन्तरआत्मा र मानसिक स्वास्थ्यमा गम्भीर असर पर्छ’ आदेशमा भनिएको छ–‘महिलाको आत्मालाई घाइते बनाइदिन्छ। कानुन बनाउनेहरूले यो मौनताको आवाज सुन्नुपर्छ।’

श्रीमानहरू श्रीमतीका शासक हुन्, श्रीमतीका देह, दिमाग र आत्माका स्वामी हुन् भन्ने पुरानो मान्यतालाई समाप्त गर्नुपर्ने अदालतको आदेशमा उल्लेख गरेको छ। 

एक जना महिलाले श्रीमानले आफूलाई बलात्कार गरेको मुद्दा हालेपछि उनका श्रीमानले इन्डियन पेनल कोडको धारा ३७६ अनुसार सँगै बसेकी श्रीमतीसँग शारिरीक सम्बन्ध राख्दा आफूले बलात्कार गरेको नठहरिने भन्दै मुद्दा फिर्ता हुनुपर्ने माग गरेका थिए।
 

वैवाहिक बलात्कार

विशेष