News

च्याङ्ग्राको मासु खुवाउने लोभ देखाउँदै दुर्गा प्रसाईले थाले चुनाव प्रचार

च्याङ्ग्राको मासु खुवाउने लोभ देखाउँदै दुर्गा प्रसाईले थाले चुनाव प्रचार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुम्ली मार्सी चामलको भात खुवाएर चर्चामा आएका मेडिकल ब्यवसायी दुर्गा प्रसाई चुनावको तयारीमा लागेका छन् ।

झापाको विर्तामोड स्थित विनएण्डसी क्यान्सर अस्पतालको प्रांगणमा कार्यक्रमको आयोजना गरी उलने झापको निर्वाचन क्षेत्र नं. ३ बाट चुनावको तयारी सुरु गरेको जानकारी दिए । उनले आफूलाई डन, माफिया तथा बिचौलिया भन्ने गरेको वताउँदै त्यसले आफुलाई असर नगर्ने पनि वताए ।

आयोजित कार्यक्रममा बोल्दै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘हजुर बा’ भन्दै पार्टी प्रवेश गरेर ठाडै केन्द्रीय सदस्य बनेका मार्सी बियर उत्पादक एवं नेकपाका तत्कालीन दुई अध्यक्षलाई मार्सी चामलको भात खुवाउने दुर्गा प्रसाईंले चुनाव प्रचार शुरु गरेका छन् ।

केही समयअघिसम्म नेकपा माओवादी केन्द्रसँग नजिक रहेका प्रसाई एमालेमा प्रवेश गरी एकै पटक केन्द्रीय सदस्य भएका हुन । उनी भुमिगत कालमै माओवादीमा लागेका थिए । उनले करिव ६० दिन शैनिक हिरासतमा समेत विताएका छन् ।

एमाले अध्यक्ष ओलीलाई ‘हजुरबा’ भन्ने ओलीले राँगा र भैंसीको मासुको लोभमा नबिक्न सर्वसाधारणलाई अनुरोध गरे। ‘जडिबुटी खाएर हुर्केका डोल्पाली च्याङ्ग्राको मासु खान मन लागे फोन गर्नुस्’ उनले भने–‘खुवाइदिने मेरो वाचा भयो ।’ 

प्रसाईले प्रचण्ड र शेरवहादुर देउवालाई एउटै क्षेत्रबाट चुनाव लड्न समेत चुनौती दिदै आएका छन् । उनीहरुसँग चुनाव लड्ने र हारे जिवनभर प्रचण्डको ड्राईभर वस्ने उनको चुनौती छ । ‘प्रचण्ड र शेरवहादुर देउवालाई एकापटी राख्नोस, दुर्गा प्रसाईलाई एकापटी उठाउनोस ल। केपी ओली पर्दैन। उनीहरुले भनेको ठाउँमा। म मेरो एजेण्डा लिएर जान्छु, उनीहरु आफनो एजेण्डा लिएर आउन’ प्रसाई भन्छन्–‘एकातिर दुई जना, एकतर्फ दुर्गा प्रसाई। हारें भने म जिवनभरी प्रचण्डको ड्राईभर ल। यिनीहरुको अन्तिम हो अव, अव आउने केपी ओली नै हुन ।’

०५२ सालमा जसका कारणले जंगल पस्नु पर्यो, जसले प्रचण्ड–वावुरामको टाउकोको मुल्य तोक्यो सोही पार्टी र त्यसका सभापतिसँग प्रचण्डले आत्मसमर्पण गरेको प्रसाई आरोप लगाउँछन् । ‘०५२ सालमा ४० सुत्रिय माग राखेर शेरवहादुर देउवाका पालामा भुमिगत हुनु भो। शेरवहादुरले नै वावुराम र प्रचण्डको टाउकोको मुल्य ५० लाख तोक्नुभो’ उनी भन्छन्–‘०५८ सालमा शेरवहादुर नै ठिक, कांग्रेस नै ठिक भनेपछि उनीहरुको पछाडि दुर्गा प्रसाई किन लाग्नु पर्ने ? किन देशको भौतिक संरचना वम र वारुदले उडाईयो ? किन पचासौ हजार मान्छेलाई घाईते वनाईयो ?’

मधेशवादी दलको नेता हुनुथियो भने किन १७ हजारलाई मार्यौ भन्दै उनले बावुरामलाई प्रश्न गर्ने गरेका छन् । आफनो र आफना छोराछोरीको सुखसुविधाका लागि गरिव जनता र तिनका छोराछोरीलाई प्रचण्ड–वावुरामले वलि चढाएको भन्दै प्रसाई आक्रोश ब्यक्त गर्छन। ‘प्रचण्ड र बावुरामलाई गाडि चढ्न गणतन्त्र ल्याएको हो ?’– भन्दै उनले प्रश्न गर्ने गरेका छन् ।

दुर्गा प्रसाई

विशेष