News अपराध सुरक्षा

बलात्कार आरोपी पल शाह धरौटीमा रिहा हुने यस्तो छ सम्भावना

बलात्कार आरोपी पल शाह धरौटीमा रिहा हुने यस्तो छ सम्भावना

नाबालिका गायिकालाई बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका नायक पल शाह धरौटीमा रिहा हुने सम्भावना सकिएको छ। सामान्यतः ३ वर्षभन्दा कम सजाय हुने अभियोगमा मात्रै न्यायालयले धरौटी रकम लिएर तारेखमा छाड्ने गरेकाले उनले रिहा हुने सम्भावना कम छ।

कर्तव्य ज्यान, जवरजस्ती करणी लगायतका गम्भीर प्रकृतिका कसुरमा अधिकांश प्रतिवादीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेश दिने चलन छ। तत्काल प्राप्त प्रमाणबाट कसूरदार नदेखिए मात्रै तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्ने गरिएकाले पल शाह प्रकरणमा पनि पुर्पक्षका लागि थुनामा पठाउने सम्भावना रहेको वताईन्छ।

नायक शाहले आफनो वयानमा बलात्कारको आरोप अस्विकार गरेपनि कल रेकर्डको आवाज आफनै भएको स्विकारेका छन् । अडियो रेकर्ड, फेसबुक म्यासेज, कल डिटेल्स रिपोर्ट र वारदातस्थलमा भएको पुष्टी हुने साक्षीको बयान र कागजात पेस गरिएकाले उनी तारेखमा छुट्ने सम्भावना अत्यन्तै कम रहेको कानुन ब्यवसायीहरु वताउँछन् ।

जिल्ला अदालतले थुनामै रहेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेश दिएमा माथिल्लो अदालतले थुनामुक्त गर्न आदेश नदिएसम्म उनले थुनामै बसेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने उनीहरुको भनाई छ । शाहविरुद्धको थुनछेक बहस बिहीबार पनि जारी छ।

पलको पक्षमा बहस गर्न ९ जना कानुन व्यवसायीले वकालतनामा लेखाएका छन्। त्यसैले विहिवार थुनछेक वहस नसकिने तनहुँ जिल्ला अदालतका श्रेष्तेदार मीनबहादुर कुँवरले बताए । शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मंगलबार मात्रै अभियोगपत्र दायर गरिएको थियो ।

प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय तनहुँले उनी विरुद्ध १४ वर्षसम्मको कैद सजायको मागदाबी गर्दै चैत ८ गते मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएलगत्तै तनहुँ जिल्ला अदालतले चैत ८ गते प्रतिवादी पल शाह र चैत ९ गते उनका म्यानेजर कृष्ण जोशीको बयान लिएको थियो ।

पीडितका पक्षबाट शाहलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालय तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्मा, अधिवक्ताद्वय मोहना अन्सारी र राधिका खतिवडा लगायतका ७ जनाले बहस गरेका थिए । 

यसैगरी, प्रतिवादी शाहका पक्षबाट बुधवार ३ जनाले बहस गरेका थिए । प्रतिवादी तत्काल भागेर अन्त कतै जाने ठाउँ नरहेको, अभियोग पुष्टी हुने आधार पनि नरहेको कारण प्रतिवादीलाई साधारण तारेखमै राखेर मुद्दाको पुर्पक्ष हुनुपर्ने उनीहरुले माग गरेका थिए । 

यो पनि

पल शाहकै प्रकृतिको अर्को बलात्कार घट्ना वाहिरियो, कोईरी पक्राउ

पल शाह विरूद्धको अनुसन्धान सकियो, १२ देखि १४ वर्ष हुन सक्छ जेल

पल शाहविरुद्ध अदालतमा दर्ता भएको मुद्दामा के छ ?

पल शाहलाई प्रहरीले तनहुँबाट किन लग्यो गैडाकोट ?

पल शाह प्रकरणः होला त कानुन र समाज दुवै जोगाउने अनुसन्धान ?

पल शाह प्रकरणः प्रहरीले भेटायो गायिकाको कन्याजाली च्यात्तिएको प्रमाण

नेकपा (समाजवादी)का केन्द्रीय सदस्य बलात्कार आरोपीको पक्षमा

पल शाहलाई ७ दिन हिरासतमा राख्न अदालतले दियो अनुमती

पल शाह भन्छन्ः ‘स्क्यान्डल किङ्ग’ थापाले षड्यन्त्र गरेर फसाए

गाडीमा समेत संवेदनशिल अंग चलाउने गर्थे पल शाह

कलाकार पल शाह विरुद्ध जवरजस्ती करणीको मुद्दा

पल शाह

विशेष