छोरी रेणुको प्रशंशा नगरिदिएपछि प्रचण्डले यसरी गरे बक्ताहरुको आलोचना
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको भरपुरमा पुगेर आफनो तथा छोरी रेणुको वढाई र रेणुको प्रसंशा नगरेको भन्दै कार्यक्रमका वक्ताको आलोचना गरेका छन् ।
भरतपुर महानगरपालिकाको प्रशासनिक भवन शिलान्यास समारोहमा अध्यक्ष दाहालले मेयर रेणु दाहालको नेतृत्वमा भरतपुर महानगरपालिकामा ठुलाठुला विकासका योजनाहरु सम्पन्न भएको र पुरा हुने तयारीमा रहेपनि वक्ताहरुले त्यसको वारेमा वोल्न नचाहेको वताए । भरतपुरको विकास देखेर देशभरी र विदेशमा पनि चर्चा हुने गरेपनि यहीका बक्ताहरुले नवोलेको देख्दा चिन्तित भएको उनले वताए ।
‘भरतपुर महानगरपालिका विकाशको दृष्टिकोणले आफनो कार्यकाल भरी नै धेरै महत्वपुर्ण आयोजनाहरु अगाडि ल्यायो। र देशभरी भरतपुर महानगरपालिका विकाशको गतिमा निकै तिव्र रुपमा अगाडि वढेको छ भन्ने मान्यता स्थापित भयो। त्यसको लागि महानगरपालिकाका प्रमुख, उपप्रमुख, सवै वडाध्यक्ष र जनप्रतिनिधिलाई र भरतपुर नगरपालिकाका सचेत नागरिकहरुलाई पनि हार्दिक धन्यवाद भन्न चाहान्छु’ उनले भने–‘साँच्चै भरपुर महानगरपालिकाको एउटा पहिचान बनेको छ देशभरी। आम नेपालीले भरतपुरलाई एक ढंगले हेर्छन, विकास प्रकृयाको तिव्रताको कारणले। र दुनियाँभरी पनि भरतपुर महानगरपालिकाको विकाशको मोडेल र गतिलाई निकै सकारात्मक ढंगले हेर्ने गरिएको छ। हाम्रा छिमेकीहरुदेखि धेरै टाढाटाढासम्मका हाम्रा मित्रहरुले पनि भरतपुरलाई विशिष्ठ महानगरको रुपमा हेरेका छन्।’
मेयरले जनप्रतिनिधिको विचमा कायम गर्न सकेको एकता कारण पनि भरतपुरले विकास गर्न सकेको दाहालले वताए । ‘मेरो विचारमा यो एउटा राम्रो संयोग पनि भन्नुपर्छ, हामी जस्तो परिस्थितीमा महानगरपालिकाको निर्वाचन भएको थियो। त्यो परिस्थिती, जुन परिस्थितीमा फेरी प्रदेश र संघको निर्वाचनमा गर्यौ। त्यो परिस्थिती, फेरी एक पटक नयाँ गठवन्धन र समिकरणसहित फेरी काम गर्नुपर्ने अर्को परिस्थिती। यी विभिन्न परिस्थितीको विचमा पनि भरतपुर महानगरपालिकाको टिमको एकता अक्षुण रह्यो’ उनले थपे–‘म यो विचमा प्राप्त थुप्रै सफलताहरुको एउटा रहस्य के चै हो भन्दा, देशको राजनीतिमा आएका उतारचढावहरु, पार्टीहरुको विचमा भएका एकता समिकरण र विभाजनहरु, त्यसले राष्ट्रिय राजनीतिमा उत्पन्न गरेका तरंगहरु त रहे तर भरपुर महानगरपालिकाको मेयरको नेतृत्वमा त्यो परिवार एक ढिक्का भईराख्यो। जस्तोसुकै परिस्थितीमा पनि त्यो एकता खल्वलिएन। एउटा रहस्य भरतपुर महानगरपालिकाको विकासको त्यसमा छ।’
मेयरको सकारात्मक सोच र दृढ इच्छाशक्तिका कारण पनि भरतपुरले विकास गरेको उनको दावी छ। ‘मैले भरतपुर महानगरपाललिकाको मेयरको दिमागमा जतिवेला पनि महानगरपालिका र त्यो परिवारप्रति जहिले पनि सकारात्मक सोच मात्रै भेटेँ। नेपाली कांग्रेसका छन् वडाध्यक्ष वा जनप्रतिनिधिहरु। असाध्यै राम्रो, वहाँले मलाई मायाँ गर्नुहुन्छ, सहयोग गर्नुहुन्छ भन्ने जहिले पनि । नेकपा एमालेका छन्, राम्रो छ मसँग सम्वन्ध। मसँग नराम्रो कहिलै कसैको पनि भएको छैन भन्ने। र सहज अन्तरक्रिया गर्न सक्ने’ छोरीको प्रशंशामा फुलवुट्टा भर्दै दाहालले भने– ‘त्यो दृढ इच्छाशक्ति र सकारात्मक सोचको कारणले पनि अहिले भरतपुर महानगरपालिकामा विकासको एउटा प्रकृयाले तिव्रता पाएकै हो। एउटा मोडालिटी, एउटा नमुना देशको मध्य भागमा रहेको यो महानगरपालिकाले सिंङ्गो देशलाई सन्देश दिईनै राखेको छ।’
छोरीको प्रशंशा गर्दागर्दै उनले आफनो प्रशंशा पनि छुटाएनन्। ‘अर्को, भरतपुर महानगरपालिका, चितवन। जहाँको एउटा नागरिकले राजनीतिक आन्दोलनका तमाम उतार–चढावको विचबाट दुई चोटी यो देशको प्रधानमन्त्री वनेर देशको सेवा गर्ने । त्यो पनि जटिल र चुनौतीपुर्ण क्षणहरुमा । विस्तृत शान्ति सम्झौता, संविधान सभा, संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा, संविधान निर्माण प्रकृयादेखि फेरी नयाँ संविधान अनुसार निर्वाचन प्रकृया। र सिंहदरवारको अधिकारलाई स्थानीय तहसम्म पुर्याउने एउटा प्रतिवद्धता÷प्रतिज्ञा। र त्यस अनुसारको संविधान र कानुन निर्माण’ उनले भने–‘यी सवै चुनौतीहरुको विचबाट र त्यसको नेतृत्व गर्ने अवसर मलाई प्राप्त भयो र पछिल्लो चरण चितवनकै जनप्रतिनिधिको हैसियतले मैले यहाँ विकासका योजना अघि वढाउनको निम्ती मेरो ठाउँबाट राष्ट्रिय जिम्मेवारी महसुस गर्दै। खाली चितवनको लागि मात्र होईन, सिङ्गै राष्ट्रलाई पनि हामीले निजी, सर्वाजनिक र सहकारीको साझेदारीको मान्यता जुन स्थापित गर्न वल गरेका छौं। त्यसको एउटा उदाहरण चितवन वन्नु पर्छ, भरतपुर वन्नुपर्छ भन्ने मान्यता राखेर नै यी विकास परियोजनाहरु अगाडि वढेका हुन ।’
त्यसपछि उनले बक्ताहरुले कामको प्रशंशा नगरिदिएको भन्दै चिन्ता ब्यक्त गरे। ‘आज वक्ताहरुले वोल्दाखेरी कता–कता मलाई भरतपुरको विकासको वारेमा आँखा अगाडि देखिएको कुरा पनि भन्न हिच्किचाएको जस्तो मैले महसुस गरे। वडो संकोच मान्नु भयो क्या वहाँहरुले, यत्रो यत्रो भयो भन्न। यो भएन पो भन्नु थाल्नु भयो वरु केही केहीले त’ उनले भने–‘रिङरोड टेन्डर भयो, निर्माण प्रकृया अगाडि वढेको छ। झण्डै ४१ किलोमिटर रिङरोड वनिसक्या छ। वन्दै वनेन भनेर पो भन्नुभो। भनेपछि साथीहरुलाई एक मनले त लाग्यो, चुनाव लागेछ। विकास लागेनछ, भरतपुरको विकास भन्दा पनि चुनावप्रति चिन्ता गएछ भने जस्तो पनि लाग्यो।’
उनले अझै पनि ठुला संरचनाहरु निर्माणको प्रकृयामा रहेको भन्दै आँखा अगाडि देखिएका कुरा पनि नवोलेको आरोप लगाए । ‘आँखा अगाडि देखिएका कुरा त, हामी एउटा ठुलो संरचना फेरी यहाँ खडा गर्दैछौं भनेँ त्यतिवेला यस क्षेत्रमा भएका विकास निर्माणलाई त हामीले भन्न सक्नु पर्ने हो। ताकी भोली पनि फेरी हामी एकतावद्ध भएरै विकास गर्नुपर्ने छ। हामी आपसमा सहकार्य गरेर समझदारी वनाएर नै यो जिल्लालाई, यो महानगरलाई र सिङ्गो राष्ट्रलाई पनि एउटा नयाँ गति दिनु छ’ असन्तुष्टि ब्यक्त गर्दै उनले भने–‘त्यो चेतनाबाट वोल्न साथीहरु डराएको देख्दा म अलिअलि चिन्तित भए। यहाँ अहिले भर्खरै तपाईहरुले थाहा पाउनु भएको छ, झण्डै ५ अर्बको नारायणी तटवन्ध, चितवनका जनताको वर्षौ पुरानो सपना । जहिले पनि वर्खा लाग्यो वाढि आउँछ, नारायणीले वस्ति डुवाउँछ, वगाउँछ। हामी सवै चिन्तित थियौं। अहिले नै, अहिले नै त्यो अर्बौको वजेट टेन्डर भएको छ, प्रक्रिया अगाडि वढ्न लागि नै सकेको छ। यो कुरा भन्न चाहानु भएन साथीहरुले। रिङरोड वन्यो त्यो पुरा हुनेतिर गईरहेको छ भन्न चाहानु भएन।’
सिंगै राष्ट्रको अध्यक्षको जिम्मेवारी मेरो टाउकोमा हो कि जस्तो लाग्छ
दाहालले आफनो प्रशंशा गर्दै आफुलाई पार्टीको मात्र नभएर सिंगै राष्ट्रको अध्यक्षको जिम्मेवारी आफ्नो टाउकोमा रहेको अनुभूति हुने गरेको बताए। देशमा कुनै अफ्ठ्यारो प¥यो भने जसरी–तसरी बचाउने भारी बोकेर बसिरहेको अनुभूति हुने गरेको दावी गरे।
‘म माओवादी केन्द्रको अध्यक्ष छु। दुई पटक देशको प्रधानमन्त्री भएँ। तर मलाई माओवादी केन्द्रको अध्यक्षजस्तो मात्रै लाग्दैन अचेल। सिंगै राष्ट्रको जिम्मेवारी मेरो टाउकोमा छ जस्तो लाग्छ,’ उनले भने, ‘देशमा संकट आयो, देशमा जस्तो हुन्छ, त्यो संकटबाट टार्नुपर्ने हुन्छ।’
उनले नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको अनुपस्थितिमा एक्लै भारी बोक्नु परेकोजस्तो भइरहेको बताए।
पुष्पकमल दाहाल चितवन भरपुर