News

ओली भन्छन्– माधबहरुलाई झोलमा डुवाउँछौं

ओली भन्छन्– माधबहरुलाई झोलमा डुवाउँछौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चोक्टा खान गएकालाई वैशाख ३० गते झोलमा डुबाउने वताएका छन् । पार्टी छोडेर गएका माधबकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरुलाई संकेत गर्दै उनले यस्तो वताएका हुन ।

एमाले उदयपुरले शुक्रबार सदरमुकाम गाईघाटमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले पिलो निचोर्दैमा वजन घट्छ भन्ने भ्रम नपाल्न आग्रह गरे। ‘हल्का दुखाई मात्र भएको हो, अब हाम्रो वजन बढिसकेको छ’–उनले भने।

विकास र समृद्धिको यात्रामा एमालेले गरेको असाधारण उपलब्धि देख्न नसकेर परमादेशबाट स्थापित भएको सरकारलाई चुनावबाटै विस्थापन गराइने उनले उद्घोष गरे। जिल्ला र स्थानीय तहलाई जोड्ने गरी २ सय ६६ वटा सडक र ३ सय ९६ वटा अस्पताल एकैसाथ शिलान्यास गर्दा आत्तिएर षड्यन्त्रपूर्वक एमालेलाई सरकारबाट हटाइएको उनको दावी छ।

सिलान्यास भईसकेका योजनाहरु बजेट भएन भन्दै कटौती गर्नु लज्जास्पद भएको ओलीको भनाई छ। ‘बजेट परिचालन र खोजी गर्न क्षमता चाहिन्छ। त्यो क्षमता नभएकै कारण शिलान्यास भईसकेका योजना बजेट अभाव देखाउँदै रोकिनु दुखद् छ’– उनले भने।

विशेष