News

दुई घण्टा अगाडि नै किन आए चीनियाँ विदेश मन्त्री नेपालमा ?

दुई घण्टा अगाडि नै किन आए चीनियाँ विदेश मन्त्री नेपालमा ?

चीनका विदेश मन्त्री वाङ यी तीन दिने भ्रमणका लागि आज काठमाडौं आइपुगेका छन्। चार्टर्ड विमानमा उनी भारतको राजधानी नयाँदिल्लीबाट काठमाडौं आइपुगेका हुन्। उनी पाकिस्तान र अफगानिस्तानको भ्रमण सकेर भारत आएका थिए।

विदेश मन्त्री यीलाई त्रिभुवन विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्यालले स्वागत गरे। यी निर्धारित समय तालिकाभन्दा दुई घण्टा अघि नै काठमाण्डौ आईपुगेका हुन ।

नेपालमा अमेरिकी सहयोग परियोजना एमसिसी पारित भएपछि चीनबाट पहिलो पटक उच्च राजनीतिक भ्रमण भएको हो। चीनका स्टेट काउन्सिलरसमेत रहेका यी यसअघि पनि नेपाल आइसकेका छन्।

तीन दिन काठमाडौंमा रहँदा चिनियाँ विदेश मन्त्री यीले द्वीपक्षीय वार्तासहित सहित महत्वपूर्ण राजनीतिक भेटघाट गर्ने छन्।

चिनियाँ विदेश मन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, परराष्ट्र मन्त्री नारायण खड्कालगायतसँग औपचारिक वार्ता गर्नेछन्।

यो पनि

चीनका विदेशमन्त्री वाङले खनाल, नेपाल र भट्टराईलाई नभेट्ने !

चीनका विदेशमन्त्री वाङ यी

विशेष