News

चीनका विदेशमन्त्री आज नेपाल आउँदै, नेपालले उठाउला सीमा/नाकाको विषय ?

चीनका विदेशमन्त्री आज नेपाल आउँदै, नेपालले उठाउला सीमा/नाकाको विषय ?

चीनका विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी आज नेपाल आउँदैछन्। उनी भारत हुँदै काठमाडौं आउन लागेका हुन् ।

नेपालमा शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएपछि आउने उनी पहिलो उच्चस्तरीय पाहुना हुन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा आउन लागेका वाङ तीन दिन नेपालमा वस्नेछन्। 

नेपाल बसाइको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री खड्का र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने छन् ।

भेटवार्ताको क्रममा चीनले अघि सारेको पूर्वाधार विकास परियोजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’अन्तर्गत सहयोगका परियोजना कार्यान्वयनका विषयमा केन्द्रित रहेर विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डलसँग नेपालले छलफल गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

नेपाल र चीनका विदेशमन्त्रीबीच शनिबार हुने वार्तामा नेपाली पक्षले एक दशकभन्दा लामो समयदेखि रोकिएको सिमानाको संयुक्त निरीक्षण, रसुवागढी र तातोपानी नाका पूर्णरूपमा सन्चालनलगायतका विषय उठाउने तयारी गरेको छ।

चीन–नेपालका विचमा लामो समयदेखि सीमा विवाद रहँदै आएको छ। ०७७ असोजको पहिलो साता चीनले हुम्लाको नाम्खा गाउँपालिका– ६ मा नेपाली भूमी मिचेर भौतिक संरचना निर्माण गरेको विषय चर्चामा आएपछि त्यसले निकै ठुलो तरंग उत्पन्न गराएको थियो। ११ र १२ नम्वर पिल्लर आसपासमा चीनले पक्की भवन वनाएको चर्चा भएपनि तत्कालिन सरकारका प्रवक्ता प्रदिप ज्ञावलीले भने चीनसँगको सीमामा कुनै विवाद नरहेको र चीनले आफ्नै भूमिमा भवनहरु बनाएको प्रष्टीकरण दिएका थिए।

तर, कतिपय सांसदहरुले नै सरकारको प्रष्टिकरण झुठो भएको भन्दै आलोचना गरे। यस विषयमा ‘नेपाल आज’ टिमले त्यस क्षेत्रको ‘फिल्ड रिपोर्टिङ्ग’ गर्यो। रिपोर्टिङ्गका क्रममा स्थानीय प्रशासन, स्थानीय तहदेखी प्रदेश र संघीय संसदका प्रतिनिधिहरुसँग पनि कुराकानी गरेको थियो। 

रिपोर्टिङ्गका क्रममा नेपाल आजको टोलीलाई सीमा क्षेत्रमा पुग्न नदिनेदेखि पुगेपनि समाचार सार्वजनिक नहोस भन्ने उदेश्यले अवान्छित कृयाकलाप भए। जस्मा चीनियाँ एजेण्टदेखि नेपाल सरकारको तलव÷भत्ता खाएका प्रशासकहरु समेत लागेका थिए।

त्यतिमात्र होईन, हामीले नेपाल–चीन सीमा क्षेत्रको रिपोर्टिङ्ग गरेको विषयमा जानकार हुम्लाका सिडिओ गणेश आचार्यले नै चीनियाँ पक्षलाई सूचना चुहाउने काम गरेर उनकै सूचनाका आधारमा ‘नेपाल आज’ को टिमलाई चीन विरुद्ध समाचार नलेख्न धम्कीसमेत दिईएको थियो। 

चीनको सियान प्रान्तले ‘नागरिक दूत’ नियुक्त गरेका नेपाली नागरिक प्राध्यापक डा.राजीवकुमार झा नेपाल–चीन सिमामा रिपोर्टिङ्ग गरेर फर्केको नेपाल आजको टिमका एक सदस्यलाई फोन गरेर ‘चीनले भूमी मिचेको भनेर नेपाल सरकारले पुष्टी गरे चीनले मिसाईल हान्छ’ भन्दै धम्की समेत दिएका थिए।

उनले नेपाली कांग्रेस र प्रदेश सभा सदस्य जिवन वहादुर शाही लगायतका केही नेताले ‘प्रपोगाण्डा’ फैलाएको दावी गर्दै सीमा मिचिएको विषयमा नेपालसँग प्रमाण नै नभएको र सरकारी प्रतिबेदनमा चीनले नेपालको भुुमी मिचेको ठहरिए मिसाइल हान्न्ने भन्दै धम्किपुर्ण चेतावनी दिएका थिए। 

उनले यसअघि पनि समाचारको विषयमा नेपाल आजका पत्रकारलाई ज्यान मार्ने धम्की दिएका थिए । अनेक समस्या झेलेर पनि नेपाल आजको टिमले चीनले अतिक्रमण गरेको भनिएको क्षेत्रको स्थलगत रिपोर्टिङ्ग गरेर समाचार र सम्वन्धित भिडियो यस अघि नै सार्वजनिक गरिसकेको छ।

चीनले नेपाली भुभाग मिचेको र नेपाल सरकारले वास्ता नगरेको विषयमा समाचार लेखेपछि ‘नेपाल आज’ लाई चीन विरोधी गतिविधि गरेको आरोप लगाउने देखि कतिपयले राष्ट्रघातीको विल्ला समेत भिराएका थिए।

तर, यही विचमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा प्रधानमन्त्री भए। त्यसपछि मन्त्रिपरिषदको वैठकले चीनसँगको सिमा विवाद समाधानका लागि भन्दै गत भदौमा गृह मन्त्रालयका तत्कालीन सहसचिव जयनारायण आचार्य संयोजक रहेको सात सदस्यीय ‘अध्ययन समिति’ वनाएको थियो। समितिले तीन हप्ता वढि समय लगाएर गरेको अध्ययनका क्रममा चीनले नेपाली भूमी मिचेको पुष्टि भएको छ। उक्त प्रतिवेदनलाई आधार बनाएर बीबीसीले रिपोर्ट नै तयार गरेको छ। 

यो पनि
▶ ‘मस्तिष्क माथीको कब्जा’ लडाइको भविष्य र नेपालको साइबर सुरक्षा

▶ विमानस्थलमा चिनियाँ ऋणको पारदर्शितामाथि गृहमन्त्री नै असन्तुष्ट

▶ शान्तिपूर्ण तिब्बती र बेइजिङविरुद्ध विद्रोह

▶ चीनियाँ नाकाबन्दीले तातोपानीमा नुहाउन आउने पर्यटक घटे

▶ यस्तो छ नेपाल निल्ने चीनको पाँच औले नीति !

▶ रुस–युक्रेन युद्धले सम्झाएको चीन–भारत सीमा विवाद

▶ तिब्बत कब्जाले नेपाल, भुटान र भारतलाई दिएको संदेश

▶ चीनको नाकावन्दीलाई सरकारले ‘समस्या’ को रुपमा स्विकार्यो

▶ चीनियाँ नाकाबन्दीले मजदुरको बिचल्ली, चुल्हो बाल्न धौ–धौ (भिडियो सहित)

▶ एमसीसी भन्दा चीनको खतरा धेरै, यसरी गुम्न सक्छन् दुई विमानस्थल !

▶ के अव चीनले नेपालमा मिसाईल हान्छ ?

▶ हुम्लावासी भन्छन्–चीनियाँ हेपाहा प्रवृत्ति अती भयो, अजिङ्गरले भूमी निल्यो

▶ नेपाल सरकारले सीमा अतिक्रमण भएको पुष्टी गरे चीनले मिसाइल हान्ने धम्की

▶ हुम्लामा चीनद्वारा अतिक्रमित नेपाली भुमी अनुगमनमा स्थानीय प्रशासनकै अवरोध

▶ चीनले अतिक्रमण गरेको ३६ हेक्टर जग्गा खोज्न सरकारले गठन गर्यो अध्ययन समिति

▶ कांग्रेसको सिमा विवादको मौसमी रुघाखोकी, सरकारमा गएपछि विशेक !

▶ चीनले सिमाना मिचेको विषय उठाउने कांग्रेस नेतासहित मुख्यमन्त्री अनुगमनमा

चीन सीमा विवाद हुम्लाको लिमी

विशेष