News

बाजुराका रावलद्वारा कर्मचारी युनियनको महासचिवमा उम्मेद्धारी

बाजुराका रावलद्वारा कर्मचारी युनियनको महासचिवमा उम्मेद्धारी

राष्ट्र सेवक सबैकालागि तत्काल संघीय निजामती सेवा ऐन, प्रभावकारी सेवा व्यवस्था व्यबस्थित ट्रेड युनियन’को नारा राखेर बाजुरामा स्थाइ घर भइ नेपाल निजामती कर्मचारी युनियनका वर्तमान सचिव रहनुभएका जनकबहादुर रावलले यही फागुन २१ देखि २३ गतेसम्म काठमाडौमा हुने युनियनको ८औ महाधिवेशनमा महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

महाधिवेशनमा दुई वटा प्यानल हुने भएको छ । सुरेन्द्रप्रसाद अधिकारीको प्यानलबाट उनले उम्मेदवारी घोषणा गरेका हुन ।

यस प्यानलबाट वरिष्ठ उपाध्यक्ष पदमा सुवासप्रसाद कोइरालाले उम्मेदवारी दिने भएका छन् । कर्मचारी समायोजनमा आफ्नै साथीहरुमाथि अन्याय पर्दा समेत युनियनको वर्तमान नेतृत्वले अन्याय परेका कर्मचारीहरुलाई न्याय दिलाउन पहल नगरेको तथा कर्मचारीहरुको हकहितकोलागि काम नगरेको उनको दावी छ । यसैगरी संघीय निजामती सेवा ऐन तत्काल ल्याउन वर्तमान नेतृत्वले दबाब दिने काम नगरेको उनले आरोप लगाए । उनले भने,‘त्यसैले कर्मचारीहरुको हक हितकोलागि काम गर्न तथा तत्काल संघीय संघीय निजामती सेवा ऐन ल्याउनकोलागि दबाब दिन युनियनको नेतृत्व परिवर्तन हुन आवश्यक छ ।’ यस महाधिवेशनमा रावलले ४ वटा ‘ब’को नारा अघि सारेका छन् । उनले भनेका छन्, ४ वटा ब मार्फत मेरो संगठन सृदृढिकरण अभियान हुनेछ ।


 उनले भनेका ४ वटा ‘ब’ मध्ये उनले भनेका चार वटा ब’ मध्ये पहिलो नम्बरमा विचार,दोश्रोमा विधानलाई राखेका छन । यस्तै विधान अनुसारको नियमित बैठक र चौथो नम्बरमा ब्यवस्थापनलाई राखेका छन् ।  पहिलो नम्बरमा विचारलाई राखेका छन् । प्रशिक्षणमार्फत् विचारमा सबल युनियनकर्मी बनाउने उनको उदेस्य हो । यसैगरी दोश्रो स्थानमा विधानलाई राखेका छन । 

विधानको पूर्ण परिपालन गरी सबै काम संस्थागत सिफारिशमा गर्ने प्रतिबद्धता गरेका छन् । यसैगरी तेश्रो नम्बरमा विधानलाई राखेका छन् । विधान अनुसार सबै समितिको नियमित बैठक गर्ने प्रतिबद्धता गरेका छन् । यसैगरी चौथो नम्बरमा ब्यवस्थापनलाई राखेका छन् । सबै क्षेत्रमा उचित व्यवस्थापनको माध्यमबाट संगठन सुदृढिकरण तथा अग्रजहरुको सम्मान गर्ने उनले प्रतिबद्धता जनाएका छन । उनले भने,‘म महासचिवमा विजयी भए भने संगठनको सदृढिकरण तथा साथीहरुको हकहितकोलागि म पूर्ण रुपमा प्रतिबद्ध हुनेछु ।’

महासचिव जनकबहादुर रावल कर्मचारी युनियन

विशेष