News

जिल्लाको आदेश विरुद्ध उच्च अदालत जाने पल शाहको तयारी

जिल्लाको आदेश विरुद्ध उच्च अदालत जाने पल शाहको तयारी

बलात्कारको आरोप लागेका नायक पल शाहलाई थुनामा राखेर पुर्पक्ष गर्ने जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालतमा निवेदन दिने तयारी भएको छ। पल शाहलाई धरौटीमा रिहा गरेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने मागसहित उच्च अदालतमा निवेदन दिने तयारी भईरहेको शाहका कानुन ब्यवसायी कमलामोहन वाग्लेले वताए ।

जिल्ला अदालतमा भएको बहसका क्रममा पनि उनीहरुले पीडितको उमेर, पीडितको जाहेरी र शारीरिक परीक्षण गर्दाका कुरा बाझिएको, घटनापछि पनि उनीहरु लामो समयसँगै रहनु जस्ता विषयले बलात्कार नभएको पुष्टि गर्ने जिकिर गरेका थिए। यसैगरी, पल शाहलाई फसाउन खोजेको अडियोबाट पनि सार्वजनिक भइसकेकाले शाहलाई थुनामै राखेर पुर्पक्षन गर्नुपर्ने अवस्था नरहेको उनी पक्षका कानुन व्यवसायीको जिकिर गरेका थिए ।

वरिष्ठ अधिवक्ता वाग्लेका अनुसार फौजदारी कार्यविधिसंहिताको दफा ७३ अन्तर्गत नक्कल प्रमाणित गरेर निवेदन तयार गरी उच्च अदालत जाने तारी छ। 

जिल्ला अदालतले बिहीबार शाहलाई पुर्पक्षका लागि कारागार पठाउने र उनका म्यानेजर कृष्ण जोशीलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। 

यो पनि

पल शाह

विशेष