News राजनीति

ओलीको ब्यंग्यः प्रचण्डलाई पखाल्दा–पखाल्दा बाग्मती फोहोर भयो

ओलीको ब्यंग्यः प्रचण्डलाई पखाल्दा–पखाल्दा बाग्मती फोहोर भयो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पखाल्दा–पखाल्दा बाग्मती फोहोर भएको भन्दै ब्यंग्य गरेका छन्।

शनिबार पार्टीको भ्रातृ संगठन मुस्लिम इत्तेहाद संगठनको अधिवेशन उद्घाटन गर्दै ओलीले माओवादी र अध्यक्ष दाहाललाई अनेक प्रयास गर्दा पनि सुधार्न नसकेको वताउँदै पखाल्दा पखाल्दा वाग्मती नै फोहोर भएको वताए । ओलीले भने–‘हाम्रो बागमती नै मैलियो, माओवादीलाई पखाल्दा पखाल्दा । घरमै ल्याएर कोशिस गरियो । तर अन्तिममा।’

माओवादीले युवाहरुलाइ समाजवादको सपना देखाएर अल्मल्याएको ओलीको आरोप छ। नीलो श्यालले जंगलमा सबैलाई भ्रम छरेर काबुमा राखेको कथा सुनाएका ओलीले कतिपय निर्दोश युवाहरु प्रचण्डलाई पत्याएर गलत बाटोमा लागेको जिकिर गरे।

उनले निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरुले गठबन्धन गरे पनि एमालेले चुनाव जित्ने ठोकुवा पनि गरे। अन्य पार्टीहरु एमालेसँग डराएर यसका विरुद्धमा लागिरहेको आरोप लगाएका ओलीले सबै पार्टीहरु एकातिर लागे पनि ५० प्रतिशतभन्दा बढी नेपाली जनता नेकपा(एमाले)को साथमा रहेको जिकिर गरे।
 

विशेष