News

नाका बन्द गरेर चीनले गर्यो केरुङ–काठमाडौ रेल विस्तारको सम्झौता

नाका बन्द गरेर चीनले गर्यो केरुङ–काठमाडौ रेल विस्तारको सम्झौता

नेपालसँगका संचालन योग्य दुई वटा नाकासमेत वन्द गरेको उत्तरको छिमेकी देश चीनले केरुङ–काठमाडौ रेल विस्तारलगायत ९ सम्झौतापत्रमा हस्ताक्षर गरेको छ।

सिंहदरबास्थित प्रधानमन्त्रीको कार्यालयमा परराष्ट्रमन्त्री डा. नारायण खड्का र चीनको राज्यपरिषद् सदस्य एवं बिदेशमन्त्री वाङ यीबीच द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्तापछि सम्झौतामा हस्ताक्षर भएको हो। 

आर्थिक तथा प्राविधिक सहयोग, प्रसारण लाइनको सम्भाव्यता अध्ययन, चिनियाँ स्वाथ्यकर्मीको टोलीले नेपालमा सेवा प्रवाह, खोप हस्तान्तरण र मर्मत सम्भार एवम् स्तरोन्नति गरिएको अरनिको राजमार्ग हस्तान्तरण एवम् घाँस निर्यातलगायतका समझदारीपत्रमा हस्ताक्षर भएको हो। 

छलफल तथा सम्झौतामा हस्ताक्षर गर्ने क्रममा परराष्ट्रमन्त्री  खड्का नेतृत्वको २५ सदस्यीय प्रतिनिधिमण्डलमा सहभागि थियो। जसनमा परराष्ट्र, अर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवहरु सहभागि थिए।

विदेशमन्त्री वाङ नेतृत्वको १७ सदस्यीय प्रतिनिधिमण्डलमा नेपालका लागि चीनका राजदूत होउ यान्छी, चीनको विदेश मन्त्रालयका सहसचिव वु जिङवाओ, वाणिज्य मन्त्रालयका सहसचिव शेङ कुपिङ, विदेश मन्त्रालयको एसियाली मामिला विभागका महानिर्देशक लिउ जेनसङलगायत सहभागि थिए ।

चीनले नेपालको हितमा विभिन्न सम्झौता गर्दै गएपनि नेपालसँगको सीमा नाकामा अवरोध गरेको, चीनका तर्फबाट नेपालमा सञ्चालनमा रहेको अधिकांश योजना अधुरो पारेको, नेपालको सीमा मिचेको, चीनमा पढ्ने नेपाली विद्यार्थीलाई कोरोनाको वहानामा छिर्न नदिएकोलगायतका विषयमा नेपालीहरुले असन्तुष्टि जनाउँदै आएका छन् । नेपालको आन्तरिक राजनीतिमा पनि चीनको अनावश्यक हस्तक्षेप वढेको तथा राजदुत यान्छीले प्रोटोकल विपरित दलका नेताहरुलाई भेट्ने र अनावश्यक दवाव दिने गर्दै आएको वताईन्छ।
 

वाङ यी चीनका विदेशमन्त्री सम्झौतापत्रमा हस्ताक्षर

विशेष