News

३१ वर्षसम्म ‘सलमान भाई’ किन आएनन् नेपाल ? 

३१ वर्षसम्म ‘सलमान भाई’ किन आएनन् नेपाल ? 

नेपाल सरकारका पर्यटनमन्त्री प्रेम आलेले केही दिनअघि भारतीय अभिनेता सलमान खानसँग भिडियो सम्वाद गरे। उनले सलमानलाई सगरमाथा आरोहणको निम्ता दिएका छन भने सगरमाथामा माउन्टेन फ्लाइट गराउने अफर दिएका छन् ।

खासमा मन्त्री आले सलमानका फ्यान हुन। आउँदो १४ जेठमा काठमाण्डौंमा सलमान सहभागि हुने कन्सर्टमा सहभागि हुन आलेले पहिलो टिकट खरिद गरेका छन् । दशरथ रंगशालामा हुने कन्सर्टका लागि उनले ५ हजार दरको टिकट अनलाईन वुकिङ गरेको जनाईएको छ।

आलेमात्र होईन, नेपालमा सलमानका लाखौको संख्यामा फ्यान छन्। तर, सलमान खान नेपाल आउन हिच्किचाउँछन्। उनी करिव ३१ वर्षअघि नेपाल आएका थिए, त्यसपछि उनी कहिलै पनि नेपाल आएनन्। 

सलमान नेपाल आउन नखोज्ने यस्तो छ कारण
सन् १९९१ मा सलमान खान आफनो फिल्म ‘बुलन्द’ को सुटिङका क्रममा नेपाल आएका थिए । त्यति बेलासम्म उनका केही हिट फिल्महरू रिलिज भईसकेका थिए । ति फिल्मका कारण सलमानले नेपालमा पनि धेरै फ्यानहरू कमाइसकेका थिए।

त्यो समय नेपलामा राजतन्त्रात्मक शासन ब्यवस्था थियो। राजा वीरेन्द्रकी छोरी अधिराजकुमारी श्रुती पद्मकन्या क्याम्पसमा पढ्थिन्। मोवाईल र इन्टरनेटको सुविधा नभएका कारण त्यो बेला नेपालीसँग मनोरञ्जनका लागि धेरै विकल्पहरु थिएन। त्यसैले सलमान खानको नेपाल भ्रमणको हल्ला ब्यापक भयो। खास गरी युवायुवतीहरुमा सलमान खान नेपाल आएको खवर मात्रैले पनि उत्साहित वनायो।

सुटिङको क्रममा एक दिन पद्मकन्या क्याम्पस अघोषित रुपमा छुट्टी जस्तै भयो। अधिराजकुमारी श्रुतीसहित अधिकांश विद्यार्थीले कलेज बंक गरे। उनीहरु सुटिङ लोकेशनमा गएर सलमान खानलाई प्रत्यक्ष हेर्न चाहान्थे। आफ्ना साथीहरूसँग अधिराजकुमारी श्रुती सलमान खानलाई भेट्न र अटोग्राफ लिन सुटीङ्ग स्थलमा गईन।

अधिराजकुमारी श्रुतीसहितको इन्ट्रिले सुटिङ नै रोक्नु पर्ने अवस्था आयो। फिल्मको छायांकन ५० प्रतिशतमै प्याकिङ गर्नु परेको थियो । यति मात्रै होईन, यो प्रकरणका कारण नेपालमा सलमानसँग अकल्पनीय घट्ना समेत भएको वताईन्छ। श्रोतका अनुसार यही प्रकरणले फिल्म वुलन्द कहिल्यै रिजल भएन। बुलन्दको अधिकांश सुटिङ सकिएको थियो भने भारतमा प्रचार नै सुरु भइसकेको थियो। पोस्टर बनिसकेका थिए। बताईए अनुसार सुटिङको अन्तिम अवस्थामा नेपालमा भएको यो प्रकरणले ‘वुलन्द’ रिलिज हुन सकेन।

सलमानसँग के भएको थियो नेपालमा ?
श्रुतीसँग अटोग्राफ–
श्रोतका अनुसार सलमान खानले अधिराजकुमारी श्रुतीलाई अटोग्राफ दिएपछि केही पुरुष फ्यानहरू रिसाएका थिए। महिला फ्यानहरूलाई अटोग्राफ दिएको र पुरुष फ्यानहरूलाई वास्ता नगरेपछि सलमान खान आफनै फ्यानहरुको टार्गेटमा परे।

सुटिङका क्रममा सलमान खानले अधिराजकुमारी श्रुतीसँग फोटो खिचेको धेरैलाई मन परेको थिएन। हिन्दू अधिराजकुमारीसँग मुस्लिम खानको नजिकपनाले उनका फ्यानहरु मात्र होईन, दरबार पनि चिढियो।

सलमानलाई कुटपिट– सुटिङ लोकेशनमा भएको यो घटनापछि सलमान खानलाई सोल्टी होटलमा कुटपिट गरियो चर्चा छ। त्यसवेला उनलाई गुण्डाहरूले कुटपिट गरेको हल्ला चलेपनि अहिलेसम्म पनि उक्त घट्नामा संलग्न को थिए भन्ने खुलेको छैन। त्यहाँ धेरै मानिसहरू छन् जसले घटनालाई आफ्नै आँखाले देखेको दाबी गर्छन्। सलमानलाई उक्त समय कडा सुरक्षा दिनुपरेको थियो । 

यो घट्नापछि सलमानलाई नेपाल आउन समेत प्रतिबन्ध लगाइएको चर्चा थियो । नेपाल भन्ने बित्तिकै सलमानको मन अमिलो हुने गरेको बताईन्छ। उनी ३१ वर्षसम्म नेपाल आएनन्। भारतमा प्रचार भैसकेको फिल्म रिलिज नहुनु र ३ दशकसम्म सलमान नेपाल नआउनुले भित्री कुरा अरु पनि लुकेको अनुमान गरिन्छ।
 
त्यस बेला लफडा गर्ने युवाहरु अहिले बुढापाका भईसके होलान। अधिराजकुमारी श्रुतीका पनि छोरीहरु ठुला भैसकेका छन्। अव भने उक्त घट्नालाई समान्य अवस्थामा अन्त्य गर्ने प्रयास सुरु भएको छ। ३१ वर्षपछि सलमान खान नेपाल आउँदैछन्, नेपाली दर्शक र उनका फ्यानहरुले उनको भब्य स्वागत गर्ने तयारी गरेका छन्।

पाकिस्तानी अभिनेत्री सोमी अलीसँग प्रेम
फिल्म वुलन्दको सुटिङका लागि नेपाल आउँदै गर्दा सलमान खान र पाकिस्तानी अभिनेत्री सोमी अलीको प्रेम सुरु भएको चर्चा पनि छ। फिल्म ‘मैने प्यार किया’ बाट उनी सलमानप्रति प्रभावित भएकी थिइन्। नेपाल आउने क्रममा सोमीले सलमानलाई उनीसँग विवाह गर्न चाहेको बताईन। बुलन्दकै सुटीङ्गकै क्रममा उनीहरुको प्रेम बसेको बताईन्छ। त्यसको एक वर्षपछि उनीहरु डेट गर्न थाले। उनले भारत जाने निर्णय गरिन। त्यसबेला उनी मात्रै १६ वर्षकी थिईन। यी दुईको सम्बन्ध सन् १९९१ देखि १९९९ सम्म चलेको थियो। 

आयोजक र प्रायोजक दुवै बिबादास्पद ! 
सल्लुभाईका नाममा चर्चित अभिनेता सलमान खान आगामी जेठ १४ गते नेपाल आउँदैछन् । ‘दबङ टुर’ मार्फत उनी नेपाल आउन लागेका हुन । त्यसको आयोजना ओडीसी इन्टरटेनमेन्ट र प्रायोजन टुबोर्ग वियरले गर्दैछन्।

यो कार्यक्रमका आयोजक र प्रायोजक दुवै विवादित हुन । ओडिसी नेपालले पहिले पनि सलमान लाई नेपाल ल्याउने तयारी गरेको थियो। त्यो वेला नेपाली कलाकारको अपमान गरेको भन्दै उनीहरुले कार्यक्रम नै बहिस्कार गरेका थिए। नेत्र विक्रम चन्द ‘विप्लव’ समुहको माओवादीले धम्की नै दिएको थियो। त्यसपछि सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भयो। तर, ओडिसीले त्यसबेला बेचेको टिकटको पैसा फिर्ता गरेको छैन। त्यो घट्नाले अहिले पनि नेपालीहरु अन्यौलमा छन्। 

यसैगरी, यो कार्यक्रमको प्रयोजन टुबोर्ग वियरले गर्दैछ। टुबोर्गले उभोक्ता ठगी गरेको आरोप लाग्दै आएको छ। यसै वर्षको होलीको सयमा टुबोर्गले ‘होलीको अफिसियल बियर’ भन्दै भ्रामक प्रचार गरेर भउपोभोक्ता ठगी गरेको आरोप लागेको थियो। यो विषयमा नेपाल आजले नै केही समयपछि समाचार प्रकाशित गरेको थियो। 
उक्त समाचार हेर्न तलको लिंक क्लिक गर्नुहोस।

सलमान खान

विशेष