News

बाटोको विवादमा सांसदले नै कुटाई खाए, उपचारका लागि काठमाण्डौं ल्याईदै

बाटोको विवादमा सांसदले नै कुटाई खाए, उपचारका लागि काठमाण्डौं ल्याईदै

बाटो वनाउने विषयमा विवाद हुँदा संघीय सांसद प्रमोद साहले कुटाई खाएका छन् । जनता समाजवादी पार्टी(जसपा) का प्रमुख सचेतकसमेत रहेका साहमाथि माथि शनिबार सर्लाहीको ईश्वरपुर नगरपालिकाको बयलबास बजारमा कुटपिट भएको हो ।

उनको टाउकोमा गहिरो चोट लागेकाले उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याईदैछ। फुलजोर–त्रिभुवननगर सडक खण्ड विस्तारका क्रममा बयलबास बजारस्थित फुलजोड युवा क्लबको भवन बनाउने कि बाटो कायम गर्ने भन्ने विषयमा दुई पक्षबीच विवाद थियो । सोही विवाद बढ्दै जाँदा दुई पक्षबीच झडप भएको जनाईएको छ। 

सांसद साह पक्ष बाटो कायम हुनुपर्ने अडानमा थियो भने अर्को पक्ष क्लबकै भवन बन्नुपर्ने अडानमा थियो। दुई पक्षबीच कुरा नमिलेपछि ढुंगा हानाहानसमेत भएको थियो । झडपमा ढुंगा लागेर सांसद साहको टाउकोमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । 

सांसद साहका आफन्त अनिल साहले भने सांसद साहको अगुवाइमा जसपाले नगरमा विरोध ¥याली निकालिरहेको बेलामा २५–३० जनाबाट आक्रमण भएको बताएका छन् । घटनापछि प्रहरीले भीडलाई तितरबितर पारेर स्थिति नियन्त्रणमा लिएको छ ।

विशेष