News

चीनको अघोषित नाकावन्दीले ब्यापारी/ब्यवसायी र सर्वसाधारणसम्मको विचल्ली

चीनको अघोषित नाकावन्दीले ब्यापारी/ब्यवसायी र सर्वसाधारणसम्मको विचल्ली

उत्तरी छिमेकी मुलुक चीनले नेपालसँगको मुख्य ब्यापारिक नाकामा अवरोध गरेपछि नेपाली ब्यापारी÷ब्यवासयी र उपभोक्तासँगै नाका आसपासका स्थानीय वासिन्दा समेत विचल्लीमा परेका छन् । चीनले विगत ५/६ वर्षदेखि अवरोध गर्दै आएपनि त्यसको स्थायी समाधन खोजिएको छैन।

कहिले सडक त कहिले सुरक्षाको विषय उठाएर चीनले तातोपानी तथा रसुवा नाकामा अवरोध गर्दै आएको थियो। तर, कोरोना संक्रमण सुरु भएपछि त्यसको वहानामा नाका प्रायः ठप्प जस्तै छ। चीनको अघोषित नाकावन्दिका कारण ब्यापारी/ब्यवसायी त समस्यामा छन् नै, सवारी साधन र मानिसको आवत–जावत प्रभावित भएपछि ढुवानी ब्यवसायमा हात हालेका स्थानीयवासी, होटल÷लज सञ्चालक तथा श्रम वेचेर गुजारा गर्दै आएका हजारौं सर्वसाधारणको विचल्ली भएको छ ।

भारतको अघोषित नाकावन्दीपछि सरकार र ब्यवसायीको चहल पहलका कारण विशेष गरी रसुवा नाका आसपासका स्थानीयवासी हौसिएका थिए । ब्यापार वढ्ने अपेक्षाले सुरु गरिएको ढुवानी तथा होटल र लज ब्यवसाय अहिले ठप्प छ। एकपछि अर्को वहानामा नाकामा अवरोध सुरु भएपछि उनीहरु समस्यामा परेका छन् ।

चिनसँगको ब्यापार वढ्ने आसाले रसुवा भन्सार कार्यालय रहेको गोसाईकुण्ड गाउँपालिकाका स्थानीयवासीले मात्रै लगभग एक हजार डिब्बा (ट्रक) खरिद गरेका छन्। तर, चिनसँगको ब्यापार सुन्य अवस्थामा पुगेपछि सवै डिब्बा काम विहिन अवस्थामा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवीलाल सापकोटा वताउँछन्। 

नाका सहज रुपमा सुचारु नहुँदा पुरै गाउँपालिका प्रभावित भएको वताएका उनले त्यसमध्ये पनि वडा नं. १ (थुमन) र वडा नं. २ (रसुवागढि) वढि प्रभावित वनेको जानकारी दिए । नाकामा असहज अवस्था आएपछि करिव ८ सय श्रमिकले रोजगारी गुमाएका छन् ।

नाका सहज हुँदा दैनिक ३०/३५ गाडि नेपाल आउने र सामान लोड–अनलोड गर्नुपर्ने भएकाले स्थानीयवासी र वाहिरवाट आएका गरी ८ सय भन्दा वढि श्रमिक काम गर्दै आएका थिए । तर, यतिवेला सरदर ५ वटा गाडि पनि मुस्किलले आउन थालेपछि कोठाभाडा लिएर वसेका करिव ६ सय श्रमिक विस्थापित भएको सापकोटाले जानकारी दिए 

श्रमिकहरु विस्थापित भएपछि कोठा भाडा लगाएर सामान्य आम्दानी गर्दै आएका स्थानीयलाई पनि घर चलाउन धौ–धौ परेको सापकोटा वताउँछन् । उनका अनुसार गोसाईकुण्ड गाउँपालिका समग्रमा पर्यटन ब्यवसायमा आश्रित स्थानीय तह हो । तर, नाकामा समस्या आउने वित्तिकै आयश्रोत वन्द भएको र गाउँपालिकावासी समस्यामा परेको उनी वताउँछन् । 

चाईनाको मानसरोवस जाने पर्यटकहरु रसुवागढि नाका हुँदै जाने गरेका छन्। जसका कारण केहि अघिसम्म होटल÷लज राम्रै सञ्चालनमा थिए । तर, कोरोना संक्रमणको हल्ला चल्न थालेपछि पर्यटकहरु आउनै छोडेकाले ब्यवसाय पनि ठप्प भएको छ। 

नाकामा समस्या आएपछि समग्रमा सिङ्गो जिल्ला नै प्रभावित भएको छ । यहि समस्या तातोपानी नाकामा पनि देखिएको छ । स्थानीयवासीहरु रोजिरोटि गुमाएर विचल्लीमा परेका छन् ।

चीनका विदेश मन्त्री वाङ यी नेपाल भ्रमणमा रहेका वेला सरकारले यो विषयमा कुरा उठाउनु पर्ने स्थानीयको माग छ। 

विशेष