News

बाबुराम भन्छन्– पूर्वलडाकु महिला सेक्स वर्कर भएर वसेको मैले भेटेको छु

बाबुराम भन्छन्– पूर्वलडाकु महिला सेक्स वर्कर भएर वसेको मैले भेटेको छु

केही समयअघि गायक प्रकाश सपुतको गीत ‘पीर’ निकै विवादमा पर्यो। उनको गीतमा समावेश भएका कतिपय दृष्यले माओवादी जनयुद्धको अपमान गरेको भन्दै माओवादी केन्द्रका नेता/कार्यकर्ताले तिव्र विरोध गरे।

माओवादीका कतिपय नेता/कार्यकर्ताले ‘उक्त गीत युट्युवबाट नहटाए जे पनि हुन सक्छ’ भन्दै सपुतलाई धम्की समेत दिए। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त माओवादी सिद्याउन प्रतिक्रियावादीहरु लागेको र त्यसमा प्रकाश सपुत पनि थपिएको भन्दै गीतका विषयमा आलोचनात्मक टिप्पणी गरेका थिए ।

अन्त्यमा वाध्य भएर गायक सपुतले माओवादी नेता/कार्यकर्ताले आपत्ति जनाएको दृष्य हटाएर पुनः गीत युट्युवमा अपलोड गरे। गीतमा माओवादीका पुर्व लडाकुहरुले दुःख पाएको विषयमा विम्वका रुपमा प्रश्तुत गरिएको थियो। जनयुद्धले ब्यवस्था परिवर्तन गरेपनि अवस्थामा परिवर्तन नगरेको विषयलाई झल्काउन पुर्व माओवादी लडाकु महिलाले यौन ब्यवसाय गरेको दृष्यलाई जवर्जस्त रुपमा उठाईएको थियो।

तर, माओवादी कार्यकर्ताले यो विषयलाई स्विकार गर्न नसकेपछि उनले भिडियो त सम्पादन गरे तर त्यसलाई सम्पादन गर्नु पर्ने कारणमा भने उनले ‘दृष्य मात्रै हटाईएको हो, गीतमा उठाउन खोजिएको विषय र आसय नहटाईएको’ वताए ।

सपुतले आफनो गीतका दृष्य सम्पादन गरिसक्दा समेत यो विषय साम्य भएको छैन। यतिवेला यो विषय माओवादी जनयुद्धका अगुवा तथा पुर्व प्रधानमन्त्री बावुराम भट्टराईसम्म जोडिएको छ। गीत विवादमा पर्ने वित्तिकै उनले ‘गीतले जनयुद्धको विरोध नगरेकाले सर्जकलाई किन धम्क्याउने?’ भन्दै प्रश्न उठाएका थिए। ‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु। त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन’ उनले भनेका थिए–‘गीतले जनयुद्धको विरोध गरेको छैन। अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ। त्यस निम्ति क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो। गीतका सर्जकलाई किन धम्काउने?’

डा. भट्टराईसँग जोडिएको विषय यतिमा मात्रै सिमित छैन। यतिखेर ‘यौन ब्यवसायमा संलग्न भएका पुर्व लडाकुलाई आफुले भेटेको र कुराकानी पनि गरेको’ भन्दै भट्टराईले अभिब्यक्ति दिएको भिडियो सार्वजनिक भएको छ। अहिले जनता समाजवादी पार्टीका संघिय परिषद्का अध्यक्ष रहेका भट्टराईले पूर्वलडाकु महिलाहरु बाध्य भएर ‘सेक्स वर्कर’ भएर बसेको आफैले देखेको बताएका छन् ।

‘जुन लडाकुहरु छन्, तिनीहरु चाहि पुरै चाहि ‘सेक्स वर्कर’ भएर बसेको मैले देखेको छु, बाध्य भएर लुकाएर बसेका छन् काठमाडौंको महिलाहरुको मैले अध्ययन नै गरे क्या ! मैले यो म पनि अलिकति यस्तो विषयमा (हिसिला) जीलाई पनि भन्छु, महिला यस्तो विषयमा घिन लाग्छ क्या !’ उनले भनेका छन्–‘यसो गरेर बुझ्छु, त्यस्तो महिलाहरुको संगत पनि गरे तिनीहरुलाई बोलाएर बुझे, बुझ्दा खेरि त प्रत्यक्ष आफैले भेटेर उनीहरु कै मुखबाट सुनेको कुरा किन नपत्याउने ? मैले एउटा यस्तो महिला भेटे, ति महिलाले चाहि आफ्नो लोग्नेको उपचार नभेटाएपछि सेक्स ‘वर्कर’ गरेर उपचार गरेछिन ।’

उनले यो कुरा भन्दै गर्दा भिडियोमा ओशो तपोवनका संयोजक एवम् संरक्षक अरुणकुमार सिंह (स्वामी आनन्द अरूण) पनि देखिन्छन्। बाबुरामले यो विषय उनलाई नै रिपोर्टिङ्ग गरिरहेको भिडियोमा देख्न सकिन्छ। यो भिडियो सार्वजनिक भएपछि बाबुरामको पनि आलोचना सुरु भएको छ। ‘बाबुरामले जनयुद्धका चेटीबेटी सेक्स वर्कर भएर बसेको कसरी देखे? त्यसको प्रमाण के छन् ?’ भन्दै प्रश्न गर्न थालेका छन्।

यसैगरी, पुर्वलडाकु महिलाहरु त्यसरी सेक्स वर्कर भएर वसेको देखेपछि उनी आफु प्रधानमन्त्री भएका वेला उनीहरुका लागि के काम गरे ? पुर्वलडाकुको भलाईका लागि किन काम नगरेको ? भन्दै आलोचकले प्रश्न उठाउन थालेका छन् । 

यो पनि

 

पीर प्रकाश सपुत बावुराम भट्टराई

विशेष