News

चितवनमा बस दुर्घटना, ३८ जना घाईते

चितवनमा बस दुर्घटना, ३८ जना घाईते

चितवनमा शनिवार यात्रुवाहक बस पल्टिँदा ३८ जना घाइते भएका छन् । पृथ्वी राजमार्गको चितवन स्थित इच्छाकामना गाउँपालिका–३ कुरिनटार नजिकै पानीधारामा भन्ने स्थानमा बस दुर्घटनामा परेको हो।

काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको बा ५ ख ७९४२ नम्बरको बस बिहान सवा नौ बजेतिर अनियन्त्रित भएर सडकमा पल्टिएको थियो। ३८ जना घाइतेहरूमध्ये २५ जनाको फिस्लिङको पोलिक्लिनिकमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

यसैगरी चालक सहित ६ जनाको चितवन भरतपुरको पूरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यनलय चितवनका डीएसपी नरहरि अधिकारीले जानकारी दिए। ६ मध्ये एक जनाको अवस्था गम्भीर छ। 

त्यस्तै घाइते ५ जनालाई उपचारको लागि ललितपुरस्थित बीएण्डबी अस्पताल लगिएको छ। ति मध्ये २ जनाको अवस्था गम्भीर र बाँकीको अवस्था सामान्य छ । 
 

विशेष