News

पुलको बार भत्काएर बस खोलामा खस्यो, ४ जनाको मृत्यु

पुलको बार भत्काएर बस खोलामा खस्यो, ४ जनाको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोर स्थित पुलमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन्।

वीरगन्जबाट जनकपुर जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको बस आइतबार फुलजोर खोलाको बार भत्काउँदै खोलामा खसेको प्रहरीले जनाएको छ।  बस एक्कासि पुलबाट खोलामा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख केदारमान दोङले बताए ।

दुर्घटनामा मृत्यु हुनेहरुको पहिचान खुल्न सकेको छैन । मृतकहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको र दुर्घटनामा घाइते भएकाहरुको लालबन्दीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

विशेष