News

चीनमा बेपत्ता भएको विमानका १३२ जनाकै मृत्यु

चीनमा बेपत्ता भएको विमानका १३२ जनाकै मृत्यु

करिव एक साताअघि बेपत्ता भएको विमानमा रहेका यात्रु र चालकदलका सदस्य सवैको मृत्यु भएको छ। विमानमा जम्मा १३२ जना सवार थिए ।

चाइना इस्टर्न एयरलाइन्सको विमान गत सोमबार दक्षिणी चीनको गुआन्छी झुआङ् क्षेत्रमा बेपत्ता भएको थियो। घटना लगत्तै खोजी तथा उद्धारका लागि ठूलो संख्यामा उद्धारकर्ता परिचालन गरिए पनि विमानको ‘ब्याकबक्स’ मात्रै फेला परेको छ।

घटनामा परेका सबै यात्रु मृत्यु भएको घोषणा शनिवार गरिएको छ। घटनामा परी मृत्यु भएका मध्ये १२३ जना यात्रु र नौ जना चालक दलका सदस्य थिए। घटनामा मृत्यु भएका मध्ये १२० जनाको डिएनए परीक्षण गरी पहिचान भइसकेको छ।

दक्षिणपश्चिमी चिनियाँ प्रान्त युनानको राजधानी कुन्मिङदेखि गुन्डोङ प्रान्तको राजधानी गोन्झाउतर्फ जाँदै गरेको बेला विमान बेपत्ता भएको थियो। स्थानीय समय अनुसार सोमबार दिउँसो २ वजेर ३८ मिनेटमा विमान बेपत्ता भएको थियो।
 

विशेष