News राजनीति

सुजाताको तर्कः कांग्रेसले प्रधानमन्त्री पाएको छ, गठबन्धन जोगाउनु पर्छ

सुजाताको तर्कः कांग्रेसले प्रधानमन्त्री पाएको छ, गठबन्धन जोगाउनु पर्छ

सत्तारूढ दल नेपाली कांग्रेस नेत्री सुजता कोइरालाले गठबन्धनका कारण कांग्रेसले प्रधानमन्त्री तथा केही प्रदेशमा मुख्यमन्त्री पाएको भन्दै यसलाई छाड्न नहुने बताएकी छिन् । पार्टीभित्र चुनावी गठनबन्धनको पक्ष/विपक्षमा बहस भइरहेको र आफू गठबन्धनको पक्षधर रहेको उनले बताइन् ।

कांग्रेस बलियो भएको ठाउँमा एक्लै लड्ने र कमोजर भएको ठाउँमा गठबन्धन गर्नुपर्ने उनको धारणा छ। ‘जुन ठाउँमा बलियो छौँ, एक्लै लड्ने । जुन ठाउँमा कमजोर छौँ, गठबन्धन गरेर जानुपर्छ। गठबन्धन कसरी गर्ने भन्ने मोडल बनाउनुपर्छ’– उनले भनिन्।

उनले गठबन्धनमा जाने कि नजाने भनेर बिबाद नगर्न नेताहरूलाई आग्रह गरेकी छिन्। कांग्रेस जनतामा प्रिय भए पनि चुनाव हार्नुको कारण पार्टीभित्रको गुट र उपगुट भएको उनको तर्क छ। उनले ‘गठबन्धन गरे कंग्रेस आई जस्तो हुन्छ’ भन्नेजस्ता अभिव्यक्ति नदिन नेताहरूलाई आग्रह गरेकी छन्।

‘कांग्रेस आई हुन्छ भनेर निराश कुरा नगर्नु,’ उनले भनिन्, ‘कांग्रेस कंग्रेस आईजस्तो होइन। यो विलय भएर जाने पार्टी होइन।’ शेखर कोइराला पक्षले गठबन्धन गर्न नहुने बताइरहेका छन्।
 

सुजता कोइराला

विशेष