News

नेपाल आउनै लाग्दा सलमान माथि ब्यक्ति हत्या गर्न सुपारी दिएको आरोप

नेपाल आउनै लाग्दा सलमान माथि ब्यक्ति हत्या गर्न सुपारी दिएको आरोप

१४ जेठमा काठमाण्डौं आउन लागेका भारतीय चर्चित अभिनेता सलमान खान बिरुद्ध अभिनेता एवम् समिक्षक कमाल राशिद खान (केआरके) को हत्या गर्न ५० करोड सुपारी दिएको आरोप लगोको छ।

केआरके स्वयमले सलमान खानका कारण आफ्नो ज्यान खतरामा भएको बताएका छन् । प्रायः विवादमै रहने केआरके र सलमानका विचमा ‘राधे’ फिल्म रिलिज भएपछि सम्वन्ध विग्रिएको छ। 

केआरकेले ट्वीट गरेर सलमानलाई आफ्नो ज्यानको खतरा बताएका छन् । उनले आफ्नो ट्वीट दिल्ली प्रहरी र मुम्बई प्रहरीलाई पनि ट्याग गरेका छन्। उनले भनेका छन्–‘मन्त्रीको पिए बताउने एकजना व्यक्तिले मलाई फोन गरेर सूचनाका लागि फोन गर्न भन्दै एउटा नम्वर दिए। उनले दिएको नम्बरमा फोन गर्दा उनले मलाई अर्को ह्वाट्सएप नम्बर दिए । उनले मेरोबारे रेकर्डिङ भएको बताए । ती व्यक्तिले मलाई सलमान खानले मुम्बई र दिल्ली प्रहरीलाई ५० करोड भारु सुपारीको रुपमा दिएको बताए ।’

केआरकेले यो प्रकरणमा धेरै मन्त्रीहरु पनि संलग्न भएको बताउँदै आफु भारत जाने बित्तिकै मारिने वताएका छन्। उनले सलमान खान, थुपै राजनीतिज्ञ र प्रहरी अधिकारीको रेकर्डिङसमेत भएको बताएका छन् ।

गत जेठमा केआरके विरुद्ध सलमान खानले मानहानीको मुद्दा दर्ता गराएका छन् । खानको कानुनी सल्लाहकार समूहले विरुद्ध मुद्दा दर्ता गराएको थियो। चलचित्रको खराब समीक्षा गरेको भन्दै मुद्दा हालिएको केआरकेले ट्विटर मार्फत जानकारी दिएका थिए ।

त्यसपछि उनले सलमानको कुनै पनि चलचित्रको समीक्षा नगर्ने बताएका छन् । सामाजिक सञ्जालमा उनले सलमानप्रति आक्रोश व्यक्त गर्दै ‘चलचित्र गतिलो नबनाउने अनि आफूलाई मुद्दा हाल्ने । राम्रो चलचित्र बनाउनुप-यो नि’ भनेर उनले लेखेका थिए ।

यो पनि
३१ वर्षसम्म ‘सलमान भाई’ किन आएनन् नेपाल ?

सलमान खान

विशेष