News

प्रधानमन्त्री देउवालाई भारत भ्रमणको निम्तो

प्रधानमन्त्री देउवालाई भारत भ्रमणको निम्तो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री शेरबहादुर देउवाले तीन दिने भारत भ्रमण गर्ने भएका छन्। प्रधानमन्त्री देउवा र उनकी पत्नी डा. आरजु देउवाले चैत १८ देखि २० गते (०१–०३ अप्रिल २०२२) सम्म भारतको औपचारिक भ्रमण गर्न लागेका हुन ।

भारतको विदेश मन्त्रालयले सामेवार प्रेस रिलिज जारी गर्दै देउवाको वारेमा जानकारी दिएको छ। प्रधानमन्त्री देउवाले पदभार ग्रहण गरेपछिको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हुनेछ। प्रधानमन्त्रीसँगै उच्चस्तरीय प्रतिनिधिमण्डल समेत भ्रमणमा सहभागि हुने मन्त्रालयले जनाएको छ।

देउवाले भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्नेछन् । नयाँदिल्लीमा औपचारिक कार्यक्रमका साथै देउवाले उत्तर प्रदेशको वाराणसीको पनि भ्रमण गर्नेछन् ।

भारत र नेपालबीच सदियौं पुरानो र विशेष मित्रता तथा सहयोगको सम्बन्ध रहेको जनाउँदै मन्त्रालयले हालका वर्षहरूमा, साझेदारीले सहयोगका सबै क्षेत्रमा उल्लेखनीय वृद्धि भएको पनि जनाएको छ।

यो भ्रमणले दुई पक्षलाई यो व्यापक सहकारी साझेदारीको समीक्षा गर्ने र दुई देशका जनताको हितका लागि अगाडि बढाउने अवसर प्रदान गर्ने मन्त्रालयले जनाएको छ।
 

विशेष