News राजनीति

देउवाले बैठकमै शेखर कोईरालालाई किन औला ठड्याए ?

देउवाले बैठकमै शेखर कोईरालालाई किन औला ठड्याए ?

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका प्रत्यासी शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यकर्ताको मनोवल गिराएर माओवादीलाई बोकेको आरोप लगाएका छन् ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै कोईरालाले यस्तो आरोप लगाएपछि देउवा पनि सवालजवाफमा उत्रिएका थिए । कोइरालाले गठबन्धन किन र केका लागि गर्ने भन्दै प्रश्न उठाएका थिए । उनले सभापतिले नै कार्यकर्ताको मनोवल गिराउने काम गरेको आरोप समेत लगाए।

‘गठवन्धन किन गर्ने र केका लागि गर्ने ? रुष्ट कार्यकर्तालाई सम्बोधन नगरी कसरी अघि बढ्नुहुन्छ ?’ भन्दै उनले देउवालाई प्रश्न गरेका थिए । ‘सभापतिले नै एमाले बलियो छ भनेपछि कार्यकर्ताको मनोबल कसरी माथि उठाउन सकिन्छ ?’ भन्दै कोइरालले प्रश्न गरेको वैठकका एक सहभागिले वताए । सभापतिको प्रस्तुति कांग्रेसको नीति र सिद्धान्तलाई नै तिलाञ्जली दिएर स्वार्थमा लागेको देखिएको भन्दै कोईरालाले आक्षेप लगाए। 

कोईराला लगत्तै गृहमन्त्री तथा केन्द्रीय सदस्य बालकृष्ण खाँणले गठबन्धन सरकार बन्ने बेलामा नै तीनवटै तहको निर्वाचनमा गठबन्धन गर्ने सहमति भएको भन्दै कांग्रेसलाई सहमतिबाट च्युत गराउने प्रयास नगर्न आग्रह गरेका थिए ।


खाँणले बोलिकसकेपछि लगत्तै सभापति देउवा बोले। उनले ‘म कांग्रेसको सिद्धान्त कसरी तोड्छु ?’ भन्दै प्रश्न गरे। ‘माओवादीलाई मैले ल्याएको हो ? हिजो गरिजाबाबुलाई प्रश्न गर्न सक्नुभयो ?’ भन्दै उनले उल्टै कोईरालालाई औला देखाए। 

देउवाले ‘कांग्रेसको नीति सिद्धान्तका बारेमा मलाई नसिकाउनुस् । म कांग्रेसका लागि जीवन काटेको मान्छे हुँ ।’ भन्दै चुनौती दिए । 
यो पनि

शेखरलाई देउवाको चेतावनीः कांग्रेसको सिद्धान्त मलाई नसिकाउनुस

विशेष