News

लेटाङ घट्नामा संलग्न भएको आरोपमा २० जना माथि अनुशन्धान हुँदै

लेटाङ घट्नामा संलग्न भएको आरोपमा २० जना माथि अनुशन्धान हुँदै

मोरङको लेटाङमा चैत ६ गते भएको हिंसात्मक झडप र प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या प्रकरणमा प्रहरीले २० जना स्थानीयलाई हिरासतमा लिएको छ। घट्नाको अनुशन्धानका क्रममा शंकास्पद २० जनालाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा लेटाङ ५ का २३ वर्षीय प्रदिप राई, १८ वर्षीया निशा पुलामी मगर, १८ वर्षीय सुरज अधिकारी, १९ वर्षीय सञ्जय मगर, ४८ वर्षीया चन्द्रकान्ता लामा, २५ वर्षीय रविन राई, २० वर्षीय रविन तामाङ, सञ्जीव प्रधान, प्रनिश कट्टेल, झविन भन्ने जस्वीन पाख्रिन, शनिल लिम्बू, प्रल्हाद खड्का, अर्पण परियार, पासाङ तामाङ, श्रवण यादव, लेटाङ ६ का १८ वर्षीय बलराम भन्ने पालाराम राई, १८ वर्षीय राम राई, १८ वर्षीय सन्तोष पौडेल, २० वर्षीय हिमाल श्रेष्ठ, मिक्लाजुङ गाउँपालिका २ घर भई लेटाङ ५ बस्ने २० वर्षीय कृष्ण विक छन्।

उनीहरुलाई हिरासतमा राखी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। लेटाङ–५, खेरुवास्थित शिक्षा विकास माध्यामिक विद्यालयका शिक्षक मनोजप्रसाद पौडेलले कक्षा ६ मा अध्ययनरत १२ वर्षीय बालिकामाथि यौन दुर्ब्यवहार गरेको घटनाको विरोधमा लेटाङमा चैत ६ गते प्रदर्शन भएको थियो। आरोपित शिक्षकलाई नियन्त्रणमा लिने क्रममा स्थानीयले प्रहरी माथि आक्रमण गरेका थिए ।

प्रहरीले नियन्त्रणमा लिएका शिक्षकलाई गाउँमै कारबाही गर्नुपर्ने भन्दै स्थानीयले प्रदर्शन थालेपछि गाउँले र प्रहरीबीच झडप भएको थियो। सोही क्रममा प्रहरी जवान श्रेष्ठमाथि धारिलो हतियारले घाँटीमा प्रहार भएको थियो। उपचारका लागि विराटनगर लाने क्रममा उनको मृत्यु भएको थियो ।

उक्त घटनाको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी, १ नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरी मोरङको संयुक्त टोलीले काम गरिरहेको छ। सोही क्रममा घट्नामा संलग्न भएको आशंकामा धेरै स्थानीयलाई प्रहरीले पक्राउ गरिसकेको छ। तर, २० जना वाहेक अन्य रिहा भएका छन् ।

यो पनि

 

लेटाङ

विशेष