News

चीनियाँको नेपालमा नाङ्गो नाच, सरकारी मिडियाले यस्तो लेख्यो !

चीनियाँको नेपालमा नाङ्गो नाच, सरकारी मिडियाले यस्तो लेख्यो !

चीनको ‘चाईना रेडियो इन्टरनेशनल’ ले नेपालमा अमेरिका विरुद्ध भ्रमपुर्ण प्रचार सुरु गरेको छ। चाईना रेडियो इन्टरनेशनलले नेपाली पाठक, दर्शक तथा श्रोताहरुलाई लक्षित गरी सञ्चालन गरेको नेपाल डट सिआरआई डट सिएन नामको अनलाईनमा यस्ता सामग्रीहरु प्रशारण गर्न थालिएको छ।

उक्त रेडियोको ‘सिआरआई नेपाली सर्भिस’ नामको फेसवुक पेजमा पनि ति सामग्रीहरु शेयर हुने गरेका छन् । यसैक्रममा सोमवार मात्रै ‘पछाडिको कालो हात’ भन्ने शिर्षकमा अमेरिकाकै कारण विश्वका विभिन्न मुलुकमा युद्ध भएको प्रचार गरिएको छ।

उक्त अनलाईनले लेखेको छ– ‘अमेरिकाले राजनीतिक, आर्थिक, सांस्कृतिक, शैक्षिक र जनमत ठहर लगायतका स्रोतलाई आफ्नो हातमा नियन्त्रण गर्नुका साथै मानव अधिकार, प्रजातन्त्र र स्वतन्त्रताको निहुँ निकालेर विश्वका विभिन्न स्थानमा डामाडोल मच्चाउँदै आएको छ। १ महिनाभन्दा लामो समयसम्म चलेको रूस युक्रेन भिडन्त नै अमेरिकाले अरू देश बीचको अन्तर्विरोधलाई उत्तेजित पार्ने अथवा प्रत्यक्ष रूपमा युद्ध मच्चाउने तरिकामार्फत भौगोलिक राजनीतिको हित लुट्न खोजेका उदाहरण मध्येको पछिल्लो एक हो।’

अमेरिकाको थिचोमिचो इतिहास र हस्तक्षेप इतिहासलाई फर्केर हेर्ने हो भने विश्वको डामाडोल अवस्था पछाडिको ‘कालो हात’ वाशिङ्टन नै भएको दावी गरिएको छ। ‘भियतनाम युद्ध, खाडी युद्ध, अफगान युद्ध, इराक युद्ध र सिरिया युद्ध आदि आदि। ती युद्धहरूले पूरै विश्वमा डामाडोल अवस्था सिर्जिएको मात्र नभई अमेरिका भित्रको राजनीतिक प्रतिद्वन्दी अवस्थालाई पनि चर्काएको देखिन्छ।’ भन्दै अमेरिकाका वारेमा सामग्री प्रशारण गरिएको छ।
 

विशेष