संसद भवन अगाडी कुकर राख्ने नेता पक्राउ
बुधबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा कुकर बम राख्ने व्यक्ति पक्राउ परेकाछन् । महानगरिय अपराध महाशाखा काठमाडौको विशेष टोलीले कुकर बम राख्ने व्यक्तिलाई आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थी नेता रहेको प्रहरीले जनाएको छ । काभ्रेको भुम्लो गाउँपालिका २ सिमथली घर भई हाल चावाहिल बस्ने बर्ष २१ को सुवास महत अनेरास्ववियु क्रान्तिकारी पशुपति बहुमुखी क्याम्पस कमिटि अध्यक्ष भएको प्रहरीले बताएको छ ।
बुधबार विच सडकमा भेटिएको उक्त शंकास्पद प्रेसर कुकर नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको थियो । शंकास्पद प्रेसर कुकर वस्तुमा नो एमसीसी लेखिएको थियो ।