News राजनीति

‘बिप्लव’ आफनै पार्टीभित्र अल्पमतमा, प्रस्ताव परिमार्जन गर्दै अनुमोदन

‘बिप्लव’ आफनै पार्टीभित्र अल्पमतमा, प्रस्ताव परिमार्जन गर्दै अनुमोदन

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आफनै पार्टीभित्र अल्पमतमा परेका छन्। कपिलबस्तुको शिवगढीमा जारी केन्द्रीय कमिटी बैठकले विप्लवबो चाहना विपरित आगामी स्थानीय तह निर्वाचनमा भाग नलिने निर्णय गरेको छ।

विप्लबले वैशाख ३० मा हुने स्थानीय चुनावलाई उपयोग गरेर जानुपर्ने प्रस्ताव बैठकमा पेश गरेका थिए। प्रश्तावमा व्यापक छलफलपछि तत्काल पार्टी नै संस्थागत रूपमा चुनावमा नजाने निर्णयसहित विप्लवको प्रस्ताव परिमार्जन गर्दै अनुमोदन गरिएको छ।

खासमा विप्लव चुनावमा भाग लिने मनसायका साथ आफ्नो तयारीमा थिए । नेकपाका अर्का नेता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पनि विप्लवकै लाईनमा छन्। उनीहरुका विचमा अन्य कुरामा मतभेद भएपनि निर्वाचनमा जाने कुरामा सहमति थियो। विप्लवले कपिलवस्तु र प्रकाण्डले कालिकोटलाई आफनो आधार क्षेत्र वनाईरहेका छन् ।

विप्लवले कपिलबस्तुलाई केन्द्र बनाएका छन् । उनको घर र पार्टीको केन्द्रीय कार्यालय पनि त्यही छ। कपिलवस्तुको शिवगढीमा जनकम्युन स्थापना गरिएको छ। जन–स्वास्थ्यको भवनसमेत उनकै पहलमा बनेको छ।

निर्वाचनमा भाग लिने मनसायले उनले तयारीका लागि आफना दुई जना भतिजालाई पनि खटाएका छन् । भतिज नारायणविक्रम चन्द सल्यानको सेक्रेटरी छन भने रोल्पाको सेक्रेटरीमा अर्का भतिज दिनेशविक्रम चन्द छन्।

प्रकाण्डले पनि कालिकोटमा आफ्नै पहलमा कतिपय ठाउँमा डोजर पु¥याएका छन्। तर, निर्वाचनमा जाने आफनो प्रस्तावमा बहुमत नजुटेपछि विप्लब पछि हटेका छन् । पार्टी निर्वाचनमा नजाने तर स्थानीय तहमा स्वातन्त्र उम्मेदवारी दिने नेता÷कार्यकर्तालाई नरोक्ने निर्णय भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।


कपिलबस्तुमा नौ दिनदेखि जारी बैठकमा निर्वाचनमा सहभागी हुने प्रस्तावमा बहुमत जुटाउन महासचिव विप्लवले दुई दिनसम्म केन्द्रीय सदस्यसँग वान टू वान छलफल गरेका थिए । तर, निर्वाचनमा सहभागी हुने प्रस्तावमा पक्षमा बहुमत जुटाउन नसकेपछि विप्लवपछि हट्दै मध्यमार्गी बाटोमा आएका छन् । 

वैठकमा सचिवलय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले चुनाव बहिस्कार गरेर जाने वताएका थिए । तर, चुनाव बहिस्कारको योजनामा महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड तयार भएनन्। त्यसैले शसक्त बहिस्कार पनि नगर्ने र उपयोग पनि नगर्ने तर उम्मेदवारी दिनेलाई स्वतन्त्रता दिने निर्णय भएको एक केन्द्रीय सदस्यले बताए। 
 

नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’

विशेष