News

आफनै बोलिले विवादमा तानिए माधब नेपाल 

आफनै बोलिले विवादमा तानिए माधब नेपाल 

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफनै बोलिका कारण विवादमा परेका छन् । अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जोडेर नेपाली सेनाको सम्वन्ध र गतिविधिका विषयमा प्रश्न उठाएपछि विवाद सुरु भएको हो ।

नेता नेपालले आइतबार नेकपा एसनिकट समाजवादी प्रेस संगठनको विस्तारित बैठक समापनका अवसरमा बोल्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानसेनापतिसँग धेरैपटक बसेर गोप्य कुराकानी गरेको र बंगलादेशको मोडलमा चुनाव गराएर सत्ता कब्जा गर्ने षडयन्त्र गरेको सूचना आफुले सरकारी एजेन्सीहरुबाट थाहा पाएको बताएका थिए ।

राष्ट्रपति र प्रधानसेनापतिसँग धेरैपटक गोप्य कुराकानी गरेको र चोलेन्द्र शमसेरसँग मिलेर अदालत कब्जामा लिन खोजेको सूचना पाएपछि यो सरकारले त्यसलाई असफल पारेको नेपालले बताएका थिए ।

नेपालको उक्त अभिब्यक्ति प्रति नेपाली सेनाका पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापाले आपत्ति जनाएका छन् । थापाले नेता नेपालको अभिव्यक्ति टोटल्ली फल्स भएको बताएका छन्। राष्ट्रपति र प्रधानमन्त्रीसँग आफु त्यसरी कहिल्यै नबसेकाले जिम्मेवार व्यक्तिहरुले नेपाली सेनालाई यसरी विवादमा तान्न नहुँने उनले वताएका छन् ।

त्यसबेला केपी ओलीले प्रधानसेनापतिसँग, राष्ट्रपतिसँग धेरैपटक गोप्य कुराकानी गरेका थिए । उनको दिमागमा बंगलादेश चलिरहेको थियो । चुनाव गराउने, ठटाउने, जम्मै सेटिङ मिलेकै थियो, निर्वाचन आयोगले चुनाव घोषणा गर्ने अनि कब्जा गर्ने ।

के भनेका थिए नेपालले ?
चोलेन्द्र शमसेरसँग हप्ताका दुई दिन बालुवाटारमा भेटेर स्थानीय चुनावम कुन कुन न्यायाधीश कहाँ खटाउने, अर्को प्रहरीका मान्छे बोलाएर कुन प्रहरी कहाँ खटाउने ? त्यो सबै वर्कआउट भएको थियो । सबै कुरा सरकारको एजेन्सीबाट थाहा पाइयो । मैले पनि सरकारका एजेन्सीबाट थाहा पाएँ । उनको त्यो दिमागमा चलिरहेको थियो ।

पुस ५ मा संसद विघटन गर्छु, दुईतिहाई बढी ल्याउँछु । कसैले चित्त नबुझे अदालत जान्छ । अदालत आफ्नै छ, उल्ट्याइदिन्छु । निर्वाचन आयोग आफ्नै छ, त्यसले नभए सम्पत्ति शुद्धीकरण लगाइदिन्छु । राजश्व अनुसधान लगाउँछु । व्यापारी छन् भने त्यहिँ सकिन्छन् । अरु कोही छन् भने छानबिनबाट त्यहीं झुण्डिरहेका हुन्छन् । साइबर स्याल खडा गरेकै छ, साइबर स्यालले हो हो भन्ने यस्तोसम्म थियो । 
 

विशेष