News

ओलीको उचाई मोहः धरहराबाट पुष्पवृष्टि, भ्यु टावरवाट गोरखपुर दर्शन

ओलीको उचाई मोहः धरहराबाट पुष्पवृष्टि, भ्यु टावरवाट गोरखपुर दर्शन

०७२ वैशाख १२ को भूकम्पले ध्वस्त भएको ऐतिहाँसिक धरहरा तत्कालिन प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भत्किएको ६ वर्षपछि गत वैशाख ११ उद्घाटन गरे। 

पहिलोपटक प्रधानमन्त्री बन्दा ०७२ फागुन ४ गते ‘मेरो धरहरा मै बनाउँछु’ भन्ने अभियान शुरु गरेका ओलीले निर्माण काम अधुरै राखेर लोकतन्त्र दिवसको दिन धरहरा उद्घाटन गरे। सरकारले विकास निर्माणमा ध्यान नदिएको र खाली सरकार कसरी टिकाउने भन्नेमा अलमलिएको आरोप लगाउँनेहरुलाई ओलीले धरहराको २०औं तलामा पुगेर काम पनि देखाए।

निर्माण पुरा नहुँदा धरहरा उद्घाट गरेपछि उनको आलोचना पनि भयो। आलोचना नहोस पनि किन ? असरल्ल निर्माण सामग्री र निर्माण स्थललाई त्रिपालले ढाकेर ओली धरहराको टुप्पोमा पुगे। त्यसमाथि लिफ्ट र भ-याङसमेत पुर्ण रुपमा सम्पन्न नभएको धरहराको २०औं तलामा पुग्ने ओलीको मोहलाई कसैले रोक्न सकेन।

उनले प्रवेशद्वारमा राखिएको शिलालेख अनावरण गर्दै धरहराको २०औं तलाको बार्दलीमा पुगेर पुष्पवृष्टि गरे। ओलीको यो उचाई मोह यतिमा मात्रै रोकिएको छैन। उनी आज धरहरा पछिको सबैभन्दा अग्लो ‘भ्यु टावर’ उद्घाटन गर्न रुपन्देही पुगेका छन्। ओलीले तिलोत्तमा नगरपालिका–२ स्थित बनवाटिकामा निर्माण गरिएको १ सय ३४ फिट अग्लो १० तले भ्यु टावरको उद्घाटन गर्दैछन्। यो भ्यु टावरवाट भारतको गोरखपुरसम्म देख्न सकिने जनाईएको छ ।

उसो त ओलीले आफनै जिल्लाको दमक ३ मा पनि २५ तले भ्यूटावर निर्माणको योजना अघि वढाएका छन् । दमक बजारदेखि करिब ६ किलोमिटर पश्चिमउत्तरमा सरकारले एक अर्ब ५६ करोड १४ लाख ३९ हजार एक सय ६४ रुपैयाँको लागतमा धमाधम भ्युटावर बनाइरहेको छ ।

अहिले १३औँ तलाको काम भइरहेको छ । भवनभित्र चारवटा लिफ्ट जडान हुनेछन्। आफनै गृहनगरमा बन्दै गरेको यो भ्युटावरलाई ओलीले विशेष महत्वका साथ हेर्ने गरेका छन् । यो भ्युटावर व्यापारिक प्रयोजनसहितको हुने बताइएको छ । स्थानीय माओवादी नेता/कार्यकर्ताले भने उक्त भ्युटावरलाई अस्पतालमा रुपमान्तरण गर्नु पर्ने माग गर्दै आएका छन् । उनीहरुको योजना अस्पताल निर्माणमा भन्दा पनि ओलीको योजना असफल वनाउनेमा केन्द्रित रहेको एमालेका नेता/कार्यकर्ता वताउँछन्।

२२ तले धरहरा: यस्ता छन् नयाँ र पुरानो धरहराका फरक

निर्माण सम्पन्न नभई त्रिपालले लाज छोपेर धरहरा उद्घाटन, अझै काम वाँकी [फोटो/भिडियो]

केपी शर्मा ओली धरहरा भ्यूटावर

विशेष