एमाले सभालाई करिश्माको सम्वोधन– मेरो नामै ‘सुर्जेकुमारी’

भर्खरै नेकपा एमालेमा प्रवेश गरेकी नायिका करिश्मा मानन्धरले आफनो नामै ‘सुर्जेकुमारी’ भएकाले सुर्य चिन्ह छानेकोमा गर्व महसुस गरेकी छिन् । नेकपा एमालेको कार्यक्रमलाई अतिथीका रुपमा सम्वोधन गर्दै उनले आफनो न्वारानको नाम सुर्जेकुमार भएको खुलासा गरिन्।
आफनो छोटो सम्वोधनको अन्यमा उनले भनिन–‘वाई द वे म एउटा कुरा रिभ्युज गर्दिहालौ की जस्तो लाग्यो है। मेरो न्वारानको नाम चै सुर्जेकुमारी हो । त्यस कारण सुर्यले यो सोलार सिस्टम धानेको छ, सुर्यले नेपाललाई धान्ने छ। लाल सलाम।’
यसअघि उनले एउटा कलाकारको रुपमा जनताको मायाँ पाएको वताईन। अव नेताको रुपमा पनि स्विकारी दिनोस भन्ने उनको आसय थियो । ‘एउटा कलाकारको नाताले त यहाँहरुले मलाई मायाँ गर्नुभयो। र आफनो करियरमा अग्र पंक्तिमा वसेर मैले जहिले पनि काम गरें र नेपाली जनतालाई पस्किएँ’ उनले भनिन्–‘आशा छ आउँदो दिनहरुमा पनि नेकपाको सदस्यको रुपमा हजुरहरुको निम्ति र यो देशको निम्ति केही गर्ने छु भनेर आँट आएको छ। र यो असाध्यै पोजेटिभ हुन्छ भन्ने मैले विश्वास लिएको छु।’
उनले आफु बोल्नका लागि नभई सुन्नका लागि आएको र नेताहरु अझै वोल्न वाँकी रहेकाले थोरै वोल्ने भन्दै विट मारिन। आफनो भनाईलाई विट मार्ने क्रममा उनले आफनो असली नाम वताएकी हुन ।
अभिनेत्री मानन्धर चैत ८ गते नेकपा एमालेमा प्रवेश गरेकी हुन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टी प्रवेश गराएका हुन् । उनी बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिमा सक्रिय रहेकी भए पनि पछिल्लो समय निष्क्रिय रहेकी थिइन् ।