News

भूमी आयोगको फाईल कस्ले पुर्यायो दिल्ली ?

भूमी आयोगको फाईल कस्ले पुर्यायो दिल्ली ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा ‘भूमी आयोगको फाईल’ खोज्न भारत भ्रमणमा जान लागेको भन्दै ब्यंग्य गरेका छन् । प्रधानमन्त्री देउवाको आशन्न भारत भ्रमणलाई लक्षित गर्दै उनले यस्तो ब्यंग्य गरेका हुन ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले निर्माण गरेको १० तले भ्यू टावरको मंगलरबार उद्घाटनका क्रममा ओलीले आफनो सरकारले भूमीहिन र सुकुम्वासीलाई जग्गा वितरणको अन्तिम तयारी गरेपछि देउवा सरकारले भाँजो हालेको आरोप लगाए ।


लालपूर्व बाँड्ने अन्तिम समयमा देउवा नेतृत्वको गठबन्धन सरकारले भूमि आयोग नै खारेज गरदिएको र उल्टै त्यससम्बन्धी फाइल लुकाएको आरोप आफूहरुलाई लगाइएको भन्दै ओलीले आपत्ति जनाए। 

‘भूमिहीन र सुकुम्बासीलाई लालपूर्जा दिने अन्तिम तयारी भइरहेका बेला गठबन्धन सरकारले आयोग नै खारेज गरिदियो, कामै रोकियो। अहिले उनीहरु नै अघिल्लो सरकारले फाइल लुकायो भन्दैछन्’ उनले भने–‘सायद केही साथीहरू त्यही फाइल खोज्न शुक्रबार दिल्ली जाँदैछन् भन्ने खबर सुनेको छु।’

‘चुनावका बेला त्यस्ता झुटा कुरा लिएर घर–घरमा आउलान्, तपाईं मतदाताहरुले ख्याल गर्नुहोला नत्र झुक्याउँछन्’ भन्दै उनले सचेत गराए ।

भूमी आयोग

विशेष