News

पल शाहलाई थुनामा पठाउने आदेश गर्दाको प्रमाण उच्चले मगायो

पल शाहलाई थुनामा पठाउने आदेश गर्दाको प्रमाण उच्चले मगायो

उच्च अदालत पोखराले अभिनेता पुर्णविक्रम शाह (पल शाह) लाई थुनामा पठाउने आदेश गर्दा प्रमाण लिएका कागजात माग गरेको छ। 

शाहले मंगलवार दिएको निवेदनको सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले कागजात माग गरेको हो। जिल्ला अदालत तनहुँले जबर्जस्ती करणी अभियोगमा शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्दा प्रमाणमा लिएका कागजातको प्रमाणित प्रतिलिपी माग गरेको उच्च अदालतले जनाएको छ।

शाहले तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध मंगलबार दिएको निवेदनको बुधबार प्रारम्भिक सुनुवाइ भएको हो । जिल्ला अदालतले शाहलाई १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । 

‘उहाँको निवेदन अनुसार आदेश दिन फुल हेयरिङ हुनुपर्छ’ सूचना अधिकारी विष्णुप्रसाद आचार्यले भने–‘यो प्रारम्भिक सुनुवाइ मात्र हो।’
 

पल शाह

विशेष