News खेल

मलेसियामाथि नेपालको सानदार जित, ६ विकेटले पराजित भयो मलेसिया

मलेसियामाथि नेपालको सानदार जित, ६ विकेटले पराजित भयो मलेसिया

त्रिकोणात्मक टी–२० श्रृंखलाको बुधवार भएको खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ। आसिफ शेखको अर्धशतको मद्दतमामा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । त्रिकोणात्मक टी–२० श्रृंखलाको बुधवार भएको खेलमा नेपालले मलेसियालाई पराजित गरकेो छ। आसिफ शेखको अर्धशतको मद्दतमामा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । 

ओपनर आसिफ शेखले ३८ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरेर ५७ रन बनाएपछि मलेसियाले दिएको ११५ रनको लक्ष्य नेपालले १३ दशमलव ४ ओभर खेल्दै ४ विकेटमै पुरा गर्यो। आसिफले टी२० मा डेब्यूगरेका विकेटकिपर दिलिप नाथले ७ बल खेल्दै ३ चौका मद्दतमा अविजित १५ रन बनाए ।

नेपालको सुरुवात राम्रो हुन नसकेपनि आसिफले इनिङ्स सम्हाल्दै नेपाललाई जितसम्म पु¥याए । गत बैशाखमा टीयू मैदानमै भएको त्रिकोणात्मक टी२० श्रृंखलामा नेदरल्याण्ड्स विरुद्ध डेब्यूखेलमै अर्धशतक बनाएका आसिफको यो दोस्रो अर्धशतक हो । ओपनर कुशल भुर्तेल व्यक्तिगत १ रनमा दोस्रो ओभरमै आउट भएका थिए । यस्तै रोहित पौडेल १२ रन बनाएर आउट हुँदा नेपालले चार ओभरमा २ विकेट गुमाएर २५ रन बनाएको थियो । तर त्यसपछि आसिफले दीपेन्द्र सिंह ऐरीसँग ७० रनको साझेदारी गरे । 

दिलिप नाथ १५ र कुशल मल्ल २ रनमा अविजित रहे । बलिङमा मलेसियाका लागि पवनदिप सिंहले २ तथा सयद अजिज र मुहम्मद बमिरले १ विकेट लिए  । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ८ विकेट गुमाएर ११४ रन बनाएको थियो । मलेसियाको लागि जुबाईदी जुल्किफलले सर्वाधिक ३२ र कप्तान अहमद फैजले २४ रन बनाए ।

जुबाईदी जुल्किफल र कप्तान अहमद फैजले ४९ रनको साझेदारी गरे। मलेसियाले पावर प्लेमा १ विकेट गुमाएर ४६ रन जोडेको थियो । सातौ ओभरमा कुशल मल्लले जुबाईदीलाई बोल्ड गर्दै साझेदारी तोडे । जुबाईदीले १५ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गर्दै ३२ रन जोडे । त्यसपछि सयद अजिज १४ रन बनाएर आउट भए । कप्तान अहमद फैजले २४ रन जोडे ।

सर्भिएन मुनिएन्डी ९, मुहम्मद अमिर १६ र विजय उन्नी ३ रनमा आउट भए । बलिङमा करण केसी र कप्तान सन्दीप लामिछानेले २–२ विकेट लिए । करणले ३ ओभरमा १६ रन मात्र खर्चिए भने सन्दीपले ४ ओभरमा २७ रन खर्चिए । दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा १ मेडन राख्द १४ रन खर्चेर १ विकेट लिए । यस्तै अविनाश बोहरा र कुशल मल्लले पनि १–१ विकेट लिए ।

दोस्रो जितपछि नेपालको फाइनल पुग्ने सम्भावना बलियो भएको छ । पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई १५ रनले पराजित गरेको थियो । मलेसियाले पनि पहिलो खेलमा पपुवा न्यूगिनीलाई पराजित गरेको थियो । नेपालले तेस्रो खेल बिहीबार पपुवा न्यूगिनीसँग खेल्नेछ । 
 

विशेष