News

बाटोको बिवादमा गाउँलेले सांसद कुटे, कारवाहीमा परे एसपी !

बाटोको बिवादमा गाउँलेले सांसद कुटे, कारवाहीमा परे एसपी !

बाटोको विषयमा बिवाद गरेपछि गाउँलेद्वारा कुटिएका सांसद प्रमोद साहको दवावमा सर्लाहीका एसपी कृष्ण प्रसाईको सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालय, नक्सालले प्रसाईलाई सर्लाही प्रहरी प्रमुखबाट हटाएर प्रविण पोखरेललाई पठाएको छ।

एसपी प्रसाईलाई प्रहरीको आफनै आचारसंहिता विपरित सर्लाही प्रहरी प्रमुखबाट हटाईएको हो। प्रहरीको आचारसंहितामा आर्थिक अनियमिततामा मुछिएको वाहेक सामान्तयाः एक वर्ष अवधि पूरा नभइ कुनै इकाइको नेतृत्व गरिरहेका प्रहरीलाई नहटाउने भनिएको थियो । तर, प्रसाईलाई ६ महिनामै प्रहरी प्रधान कार्यालयले जिम्मेवारीबाट हटाएको हो ।

जनता समाजवादी पार्टीका सचेतक प्रमोद शाहसँगको विवादसँग जोडेर प्रसाईलाई हटाइएको प्रहरी श्रोतले जनाएको छ। साहमाथि शनिबार आक्रमण भएको थियो। उक्त घट्नापछि साह र उनको पार्टी एसपी प्रसाईंसँग रुष्ट थियो ।

साहमाथि माथि सर्लाहीको ईश्वरपुर नगरपालिकाको बयलबास बजारमा कुटपिट भएको थियो। फुलजोर–त्रिभुवननगर सडक खण्ड विस्तारका क्रममा बयलबास बजारस्थित फुलजोर युवा क्लबको भवन बनाउने कि बाटो कायम गर्ने भन्ने विषयमा दुई पक्षबीच विवाद थियो । सोही विवाद बढ्दै जाँदा दुई पक्षबीच झडप हुँदा साह कुटिएका थिए ।

सांसद साह पक्ष बाटो कायम हुनुपर्ने अडानमा थियो भने अर्को पक्ष क्लबकै भवन बन्नुपर्ने अडानमा थियो। दुई पक्षबीच कुरा नमिलेपछि ढुंगा हानाहान भएको थियो। ढुंगा लागेर सांसद साह घाईते भएका थिए ।

सांसद साह ०७६ असोजमा जनकपुर विमानस्थलको बुद्ध एयरको काउन्टर तोडफोड गरेपछि पक्राउ परेका ब्यक्ति हुन । तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद साहले काठमाडौं जहाज उडाउन ढिला गरेको भन्दै जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टर तथा भीआईपी क्षेत्रमा समेत तोडफोड गरेका थिए । उनलाई जहाजले काठमाडौं ल्याउन मानेको थिएन । तर, स्थानीय प्रशासनको दबावमा उनी सोही जहाज चढेर काठमाडौं आएका थिए ।

सांसद प्रमोद साह एसपी कृष्ण प्रसाई

विशेष