बलात्कारको उजुरी दिने किशोरीलाई ३ वर्ष ६ महिना कैद

पछिल्लो समय मुलुकमा बलात्कार तथा यौन हिंसाका घट्ना वढिरहेका छन्। यस्ता घट्ना हरेक वर्ष वढ्दो क्रममा रहेको तथ्यांकहरुले देखाउँछ। तर, कतिपय घट्ना भने आफुले भनजस्तो नभएपछि दुःख दिने मनसायले पनि यस्ता घट्ना वाहिर ल्याउने गरिएको पुष्टि भईरहेका छन्।
अछाममा यस्तै एउटा घटेनामा अदालतले बलात्कारको मुद्दा दिने किशोरीलाई नै जेल सजाय सुनाएको छ। सहमतिमा यौन सम्बन्ध राखेर बलात्कार गरेको भन्दै उजुरी दिएकी १९ वर्षे किशोरीलाई अदालतले ३ वर्ष ६ महिनाको जेल सजाय सुनाएको हो।
जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले उजुरीकर्ता किशोरीविरुद्ध नै बलात्कारको झुटो उजुरी दिएको अभियोगमा जेल सजायको फैसला सुनाएको हो। विवाह गर्न भनेर घरमा माग्न आएका रामारोशन गाउँपालिका २० का युवकले ०७८ माघ १५ गते आफूलाई बलात्कार गरेको भन्दै किशोरीले प्रहरीमा उजुरी दिएकी थिइन्।
तर, मुद्दाको पुर्पक्षका क्रममा दुवैले सहमतिमा नै यौनसम्बन्ध राखेको पुष्टि भएको छ। युवकलाई झुटा मुद्दामा फसाउन खोजेको भन्दै अदालतले किशोरीलाई कैद सजायको फैसला सुनाएको अदालत प्रशासनले जनाएको छ।
किशोरीले प्रहरीमा दिएको जाहेरीमा माघ १५ गते राति करिव साढे ११ वजे आफूमाथि जबरजस्ती गरेको उल्लेख गरेकी थिइन्। आमासँग विवाहको कुरा गरेको र राति आफ्नै कोठाको भुइँमा सुतेका युवकले खाटमा सुतेकी आफूलाई तानेर जबरजस्ती करणी गरेको किशोरीले उजुरीमा उल्लेख गरेकी थिइन्।
तर, बयान र बहसका क्रममा किशोरीले सहमतिमै यौन सम्बन्ध राखेको स्वीकारेकी थिइन्। विवाह नहुने अवस्था आएपछि रिसले बलात्कारको उजुरी दिएको उनले वताएकी थिईन।
‘मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा(१) र (२) विपरीतको कसूर गरेको तथ्य स्थापित नभएको अवस्थामा प्रतिवादीले अभियोग मागदाबीबाट सफाइ पाउने र जाहेरीकर्तालाई झुट्टा जाहेरी दिएर प्रतिवादीलाई झुटा मुद्दामा फसाउने प्रयत्न गरे वाफतमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४४ को उपदफा(२) को देहाय (क) बमोजिम ३ वर्ष ६ महिना कैद हुने ठहर्छ,’ अदालतले फैसलामा भनेको छ।
यो पनि
- पल शाहलाई थुनामा पठाउने आदेश गर्दाको प्रमाण उच्चले मगायो
- पल शाह उच्च अदालतबाट धरौटीमा रिहा हुन सक्ने, यस्ता छन् आधार
- जिल्लाको आदेश विरुद्ध उच्च अदालत जाने पल शाहको तयारी
- पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ अदालतको आदेश (आदेशसहित)
- आफै विरुद्ध वयान दिएपछि यसरी फसे पल शाह
- बलात्कार आरोपी पल शाह धरौटीमा रिहा हुने यस्तो छ सम्भावना
- पल शाहकै प्रकृतिको अर्को बलात्कार घट्ना वाहिरियो, कोईरी पक्राउ
- पल शाह विरूद्धको अनुसन्धान सकियो, १२ देखि १४ वर्ष हुन सक्छ जेल
- पल शाहविरुद्ध अदालतमा दर्ता भएको मुद्दामा के छ ?
- पल शाहलाई प्रहरीले तनहुँबाट किन लग्यो गैडाकोट ?
- पल शाह प्रकरणः होला त कानुन र समाज दुवै जोगाउने अनुसन्धान ?
- पल शाह प्रकरणः प्रहरीले भेटायो गायिकाको कन्याजाली च्यात्तिएको प्रमाण
- नेकपा (समाजवादी)का केन्द्रीय सदस्य बलात्कार आरोपीको पक्षमा
- पल शाहलाई ७ दिन हिरासतमा राख्न अदालतले दियो अनुमती
- पल शाह भन्छन्ः ‘स्क्यान्डल किङ्ग’ थापाले षड्यन्त्र गरेर फसाए
- गाडीमा समेत संवेदनशिल अंग चलाउने गर्थे पल शाह
- कलाकार पल शाह विरुद्ध जवरजस्ती करणीको मुद्दा