News राजनीति

चुनाव नजिकिदै गर्दा प्रचण्डको चितवन दौडधुप वढ्यो, आज पनि उतै

चुनाव नजिकिदै गर्दा प्रचण्डको चितवन दौडधुप वढ्यो, आज पनि उतै

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल आज गृह जिल्ला चितवन जाँदैछन् । चितवनमा उनले राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको उद्घाटन गर्न उनी गृह जिल्ला जान लागेका हुन । 

प्रचण्डले भरतपुर महानगरपालिकाको रिङरोडको पश्चिमखण्ड शिलान्यास र भरतपुर महानगरपालिका–२२, धनौजीमा कभर्टहल उद्घाटन पनि गर्ने कार्यक्रम छ । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा अध्यक्ष दाहलको चितवन दौडधूप बढेको छ ।

उनलाई भरतपुरमा जसरी पनि छोरी गंगा दाहाललाई मेयरमा पुनः जिताउनु पर्ने दबाव छ। सत्ता गठबन्धन दलबीच चुनावी तालमेलका लागि गृहकार्य अघि बढिरहँदा दाहालको दौडधुप वढेको हो। दाहालले छोरी रेणुलाई मेयरमा दोहो-याउन भन्दै भरतपुर महानगर माओवादीलाई दिने वातावरण बनाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रस्ताव पनि गरिसकेको बालुवाटार श्रोत वताउँछ।

यो प्रस्तावले कांग्रेसभित्र एक खालको वहस सुरु भएको छ। चितवन कांग्रेसका नेताहरुले सभापति शेरबहादुर देउवाले आफनो स्वार्थका लागि चितवनमा कांग्रेस सिद्याएको आरोप लगाउँदै आएका छन् । प्रचण्डका वाउ छोरीका लागि आफुहरुको राजनीति सिद्याएको भन्दै उनीहरु रुष्ट छन् ।

श्रोतका अनुसार देउवाले चितवन कांग्रेसका सभापति राजेश्वर खनाललाई बालुवाटारमै बोलाएर ‘भरतपुर रेणुलाई दिनुपर्ने हुन सक्छ, त्यसका लागि सहयोग गर्नुप-यो’ भनेका थिए । चैत ६ गते देउवाको त्यो प्रश्तावपछि चैत १० गते दाहालले चितवनमै खनाललाई भेटेका थिए ।

कांग्रेसको मंगलवार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले पार्टी विधानअनुसार नै तालमेल गर्ने निर्णय गरेपछि दाहाललाई सहज पनि भएको छ। कांग्रेसको विधानमा महानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार चयन केन्द्रले गर्ने छ । यो ब्यवस्थाले स्थानीय स्तरमा देखिएको कांग्रेसको असन्तुष्टिलाई केन्द्रले नै ब्यवस्थापन गर्ने छ। कांग्रेसको निर्णयअनुसार अब काठमाडौं, ललितपुर, भरतपुर, वीरगन्ज, विराटनगर र पोखरा महानगरमा गठबन्धनबीच तालमेलको निर्णय केन्द्रले नै गर्ने छ।

कांग्रेसमा शेखर कोइराला पक्ष भने वैठकको अन्तिम समयसम्म पनि तालमेलको विपक्षमा थियो । चितवनमा कोइराला समूहकै बाहुल्यता छ। तसर्थ स्थानीय तहका नेता तथा कार्यकर्ताको विश्वास जित्नुपर्ने बाध्यता भने देउवासँग अझै पनि छ।

तालमेलको सबैभन्दा ठूलो विवाद पनि भरतपुरमै छ । स्थानीय नेता/कार्यकर्तालाई विश्वासमा लिन नसके आफनो उम्मेदवार हार्ने सम्भावना देउवा र दाहाल दुवैले देखेका छन् । तर, स्थानीय तहमा माओवादीलाई विश्वासमा लिने र आगामी मंसिरमा हुने प्रदेश र संघको चुनावमा तालमेल गरेर फेरि प्रधानमन्त्री बन्ने दाउमा देउवा देखिएका छन्। कांग्रेसकै नेता पनि यो कुरा स्विकार्छन।

स्थानीय तहबाटै माओवादीलाई विश्वासमा लिन नसक्दा प्रदेश र संघमा माओवादी–एमालेबीच फेरि तालमेल हुन सक्ने चिन्ता देउवामा देखिन्छ । 

०७४ मा पनि दाहालपुत्री रेणुलाई सहयोग गर्न देउवाले ‘जबर्जस्ती’ केन्द्रबाटै निर्णय लिएका थिए । त्यतिबेला पनि महानगर/उपमहानगरमा तालमेल गर्ने निर्णय कांग्रेस र माओवादीबीच भएको थियो । तर, धेरै ठाउँमा कार्यान्वयन भएन । तालमेलको निर्णय गर्नुअघि नै पार्टीले प्रमुखमा दिनेश कोइराला (हाल केन्द्रीय सदस्य) लाई उम्मेदवार बनाइसकेको थियो । उनले उम्मेदवार फिर्ता गर्न नमानेपछि देउवाले केन्द्रबाटै चिठी लेखेर निर्वाचन आयोगबाट उम्मेदवारी फिर्ता गराएका थिए ।

पुष्पकमल दाहाल

विशेष