News

तीन घण्टासम्म केवलकारमा यसरी वन्धक बनाईए ३७ जना यात्रु !

तीन घण्टासम्म केवलकारमा यसरी वन्धक बनाईए ३७ जना यात्रु !

काठमाण्डौको चन्द्रागिरी केवुलकार विग्रिएर मंगलवार ३७ जना यात्रु तीन घण्टासम्म कारमै वन्धक वनेको विषयमा यतिवेला मिडियाप्रति आक्रोश सुरु भएको छ। विज्ञापन र फ्रि टिकटको लोभमा त्यस्तो भयंकरण समाचारलाई पनि लुकाएको भन्दै सामाजिक सञ्चालमा मिडियाप्रति आक्रोस ब्यक्त गर्न थालिएको कछ।

चन्द्रागिरि हिल्स प्रालिले  सञ्चालन गरेको केबुलकारमा मंगलवार समस्या देखिएपछि ३७ जना यात्रु कारमै तीन घण्टासम्म अलपत्र परेका थिए । उनीहरु आत्तिएर कोही वोल्न नसक्ने अवस्थामा पुगेका थिए भने कोही वेहोस अवस्थामा पुगेका थिए । करीब ४ सय जनालाई चन्द्रागरिको डाँडामा छोडिसकेपछि केबुलकारमा समस्या देखिएको थियो।

केवुलकार बिग्रिएपछि अड्किएकाहरुको उद्दार गर्न प्रहरी, चिकित्सक र नर्सहरु परिचालन गरिएको थियो। करिब ३ घण्टाको प्रयासपछि जेनेटर चलाएर उनीहरुलाई उद्दार गरिएको थियो। उद्धारमा थानकोट प्रहरी प्रभागबाट डीएसपी र दुई इन्स्पेक्टरसहितको टोली खटाइएको थियो । उनीहरुका अनुसार जेनेरेटर चलाइसकेपछि केबलकारहरु निकै सुस्त गतिमा अघि बढेका थिए । सामान्य समयमा १० मिनेटको यात्रा प्राविधिक गडबडीपछि ३० मिनेट लागेको थियो । त्यसपछि डाँडामा रोकिएका ४ सय जनालाई पनि फर्काइएको थियो ।  

घटनास्थलमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीहरुले केबुलकारमा थुनिन पुगेका ३७ जनाको स्वास्थ्य परीक्षण गरेका थिए । चन्द्रागिरी हिल्सले भने करिव आधि घण्टा केवलकारमा प्राविधिक समस्या देखिएको जनाएको छ। प्राविधिक समस्या भने पनि थप कुरा उल्लेख गरिएको छैन। स्थानीय प्रशासनले पनि यस विषयमा चासो देखाएको छैन।

यो घट्नापछि मिडियाप्रति सामाजिक सञ्चालमा आक्रोश सुरु भएको छ। राजेन्द्रराज तिमिल्सिना नामका फेसवुक प्रयोगकर्ताले ‘चन्द्रागिरी केबुल कारमा मानिस झुण्डिएको झुण्डियै भए । उद्वारमा प्रहरी गए, डाक्टर गए, नर्स गए । ३७ जना कारमा अड्किएका रहेछन् । ४ सय जना जति भालेश्वरमै रोकिए । तीन घण्टासम्म खैलाबैला मच्चियो । हिजो दिउसोको यो घटना आजसम्म पनि मिडियाले थाहा पाएनछ । चन्द्रागिरी अली कोल्टे ठाउँमा रहेकोले पत्तो नभएको होला’ भन्दै लेखेका छन् ।

यसैगरी, कुशुम विन्दास नामका फेसवुक प्रयोगकर्ताले तिमिल्सिनाको पोष्ट सेयर गर्दै चन्द्रागिरी केबुलकार प्रकरणमा मिडिया सेण्डिकेट प्रयोग भएको आरोप लगाएका छन् । ‘उपत्यका वरिपरीका सबै डाँडामा हिउँ पर्दा ‘चन्द्रागिरीमा हिउँ परेको’ मात्र देख्ने र त्यसकै गुनगान गाउने ठूला मिडियाका फुटेका आँखाले चन्द्रागिरी केवल कारमा मान्छे झुन्डीएको देखेनन् । यही हो मिडिया सिन्डीकेट’ उनले लेखेका छन्–‘फटीचरहरु निष्पक्षता, तटस्थता र प्रेसको इथिक्सको गफ दिएर थाक्दैनन्, तर कर्पोरेट मिडियाका सम्पादक भनाउँदाहरु कसरी मालिकको विजनेश इन्ट्रेस्ट तामेली गर्ने गुलाम भइरहेका छन् भन्ने यसबाट देखिन्छ । यो गम्भीर घटना हो । हाललाई केवल कार संचालनमा रोक लगाएर सरकारले यसको गम्भीर छानविन गरोस् ।’

चन्द्रागिरी केवुलकार

विशेष