News

भारतीय दूतावासले मनायो ५७औं आइटेक दिवस 

भारतीय दूतावासले मनायो ५७औं आइटेक दिवस 

काठमाडौंस्थित भारतीय दूतावासले ५७ औं भारतीय प्राविधिक एवम् आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ । दिवसका अवसरमा आयोजित कार्यक्रममा शिक्षामन्त्री देवेन्द्र पौडेल र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले आतिथ्यता गरेका थिए ।

स्थापना भएको ५७ वर्षको अवधिमा भारतले प्राविधिक एवम् आर्थिक सहकार्यमार्फत् भारतका विभिन्न प्रतिष्ठित संस्थानहरुबाट सूचना प्रविधि सम्बन्धी प्रशिक्षण प्रदान गर्दै आएको छ । नेपाली नागरिकहरुलाई विगत १५ वर्षदेखि आइटेक कोर्ष अन्तर्गत प्रशिक्षण दिइदै आएको दुतावासले जनाएको छ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतबाट उच्च शिक्षा तथा प्रशिक्षण लिएका आइटेकका पूर्व विद्यार्थीहरुलाई स्वागत गरेका थिए । कोभिड–१९ महामारीको समयमा पनि नेपाली आइटेक विद्यार्थीहरुको निरन्तरतालाई सुनिश्चित गर्दै ई–आइटेक कोर्षमार्फत निर्वाध रुपमा प्रशिक्षण प्रदान गरेको भन्दै मन्त्री पौडेलले दूतावासको प्रशंसा गरेका थिए ।

राजदूत क्वात्राले कार्यक्रमका विशेष अतिथि नेपालका प्रधानसेनापति तथा भारतीय सेनाका मानार्थ महारथी शर्मा र आइटेकका वरिष्ठ अलम्नाइ तथा जनकपुरस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप–कुलपति प्राध्यापक डा. राम केवल साहलाई सम्मान गरे।

राजदूत क्वात्राले आइटेक अन्तर्गतका विभिन्न प्रशिक्षण कार्यक्रहरुमा नेपाल सबैभन्दा बढी सक्रिय रुपमा सहभागी हुने तथा प्रशिक्षण प्राप्त गर्ने मुलुक रहेको बताए। नेपाली सेनाका अवकास प्राप्त अधिकृत र जलस्रोत तथा उर्जा आयोगका सचिव श्री दिनेश कुमार घिमिरे लगायतका आइटेक अलम्नाइहरुले भारतका विभिन्न संस्थानहरुमा तालिम लिदाका दिनहरुको सम्झना गरे।
 

विशेष