News

भिम रावलले दिए विप्लवसँग पार्टी एकता हुनसक्ने सन्देश

भिम रावलले दिए विप्लवसँग पार्टी एकता हुनसक्ने सन्देश

नेकपा एमालेका नेता भीम रावलले वामन्थीहरूको नयाँ मोर्चा निर्माणका लागि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले गरेको प्रस्तावमाथि सकारात्मक प्रतिक्रिया जनाएका छन् । 

आज बिहान टोखास्थित रावलको निवासमा विप्लव र रावलको वार्ता भएको थियो । उक्त भेटवार्तामा राष्ट्रिय स्वाधीनताको लागि सबै देशभक्त एक हुन र  मोर्चा बनाउने कुरामा विप्लवले जोड दिएका थिए । 

जवाफमा आफूले देशभक्तहरू एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने  विचार राखेको रावलले जानकारी दिएका छन् । 

‘आज  नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ र नेता खड्ग विश्वकर्मासँग मेरो घरमा भेटवार्ता भयो । उहाँहरूले राष्ट्रिय स्वाधीनताको लागि सबै देशभक्त एक हुन र  मोर्चा बनाउन जोड दिनुभयो । देशभक्तहरू एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने मेरो विचार रह्यो,’ भेटवार्ताबारे जानकारी दिँदै रावलले ट्वीट गरेका छन् ।
 

विशेष